बिहिबार, चैत्र १५, २०८०

बन्दाकोभीमा डोजर लगाउने किसानले नेतामाथि नै डोजर लगाउन सक्ने चेतावनी

काठमाडौं । आफूले उत्पादन गरेको कृषि उपजको बजार अभाव र उत्पादन लागत पाउन नसकेपछि किसानहरुले कृषि उपज नष्ट गर्दै गईरहेका छन् । दुग्ध उत्पादनमा संलग्न किसानहरुले सडक दूध पोख्ने गरेको घटना नौलो होइन । त्यस्तै कोभिड १९ कारण किसानहरुले उत्पादन गरेको कृषि उपज विक्री गर्न नसक्दा खाल्डो खनेर गाड्नेदेखि डोजर लगाएर नष्ट गरेका घटना पनि हामीले भोग्दै आएका छौं ।

तर पनि किसान प्रति राज्यले वेवास्ता गरेको भन्दै डोजर लगाउने किसानहरुले राजनीतिक नेताहरुलाई नै डोजर लगाउने दिन आउन सक्ने चेतावनी दिएका छन् ।

लामो समय इजरायलको कृषिमा कर्म गरेर स्वदेशमै कृषि कर्म र प्रविधि विस्तारमा लागि रहेको सलोम एग्रिकल्चरका सञ्चालक समेत रहेका श्रीकृष्ण अधिकारीले नेताहरुमाथि किसानहरुले डोजर लगाउने दिन आउन सक्ने संकेत गरेका छन् ।

कृषि अनलाईनको आधिकारीक युट्युव च्यानल कृषि अनलाईन टिभीको किसान कार्यक्रममा कृषि व्यवसायी समेत रहेका अधिकारीले सो धारणा राखेका हुन् । कृषि मन्त्रालयका आउने मन्त्रीहरु मात्र मन्त्रीपदका लागि आउने गरेको र किसानका पक्षमा कुनै पनि काम गर्न नसकेको गुनासो सुनाउँदै अधिकारीले नै भने, ‘भन्सारका नाममा किसान ठगिएका छन् । अनुदानका नाममा कागजी किसानहरुलाई पोस्ने काम भएको छ ।’

जवसम्म उत्पादनका आधारमा अनुदान दिने र कृषि यन्त्र उपकरण आयात गर्दा भन्सारमा नै सहुलियन प्रदान नगर्ने हो भने कृषि क्षेत्र धरापमा पर्ने समेत उनले बताए । वास्तविक किसानहरु कसरी ठगिएका छन् त राज्य र व्यापारीबाट ? (हेर्नुस भिडियो  कृषिअनलाईन युट्युव टिभीमा )

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८