शुक्रबार, चैत्र १६, २०८०

धान विज्ञ डा भोलामान सिंह बस्नेतको कोरोनाका कारण निधन

काठमाडौँ । कोभिड १९ को संक्रमणका लागि धानबाली विज्ञ डा भोलामान सिंह बस्नेतको निधन भएको छ ।

१४ दिन अघि कोरोना संक्रमण देखिएपछि चावहिले स्थित ओम अस्पतालमा उपचार गराईरहेका धान विज्ञ डा भोलामान सिह बस्नेतको शनिबार विहान ६ बजे निधन भएको वरिष्ठ धान वैज्ञानिक भवप्रसाद त्रिपाठीले कृषि अनलाईनलाई जानकारी दिनु भएको हो ।

नेपाल कृषि अनुसन्धान परिषद्मा लामो समय धान विज्ञका रुपमा जागिरे जीवन बिताउनु भएका बस्नेत अवकाश पछि पनि नेपालमा धानको उत्पादकत्व बृद्धि गर्ने विषयमा क्रियाशील रहेका थिए ।

नेपालमा धान विज्ञका रुपमा आफूलाई निकै सक्रिय तुल्याईरहनु भएका बस्नेतको निधनले मुलुकले महत्वपूर्ण धान विज्ञ गुमाउनु परेको त्रिपाठीको भनाई थियो ।

प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८