बुधबार, बैशाख १२, २०८१

अवकाश प्राप्त कृषि सचिव डा. योगेन्द्र कार्कीको विदाई

काठमाडौं । उमेरहदका कारण २०७८ साउन १८ गतेदेखि स्वत अवकाश भएका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा योगेन्द्र कुमार कार्कीलाई मन्त्रालयले विदाई गरेको छ ।

२०७७ मंसिर १५ करीव ९ महिना अघि सचिवका रुपमा बढुवा भएका डा कार्कीलाई आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुसेवा तर्फका सचिव कृष्ण आचार्य लगायत मन्त्रालयका कर्मचारीहरुले विदाई गरेका हुन् ।

विदाई कार्यक्रममा बोल्दै अवकाश प्राप्त सचिव कार्कीले आफू कृषि क्षेत्रको विकास र व्यवसायिकताका लागि निकै नै काम गरेको बताए । सरकारी पदमा बस्दा विवाद आउनु वा विवादमा ल्याईनु फरक पाटो रहेको भन्दै उनले आफूले पाएको जिम्मेवारीलाई कर्तव्यनिष्ट रुप कार्यान्वयन गर्दा जस्तो सुकै परिस्थितको पनि सामना गर्दै अगाडि बढ्न कर्मचारीहरुलाई आग्रह पनि गरेका थिए ।

प्रकाशित मिति: आइतवार, साउन १७, २०७८