बिहिबार, चैत्र १५, २०८०

कृषि नै खुशी भएको बताउँछन् नेपालका लागि इजरायली राजदूत खनान गोडेर

काठमाडौं । कृषि प्रधान देश नेपाल भएपनि प्रविधिको प्रयोग हुन नसक्दा नेपालले कृषिमा सोचे जस्तो उपलव्धी हासिल गर्न नसकेको र नेपाली कृषि क्षेत्रको विकासका लागि इजरायली सरकारले सक्दो सहयोग गर्ने नेपालका लागि इजरायली राजदूत खनान गोडेरले बताएका छन् ।

नेपाल प्राकृतिक रुपमा निकै सुन्दर र कृषि उत्पादनका लागि निकै महत्वपूर्ण उर्वर भूमि रहेकाले प्रविधिको प्रयोग गरी उत्पादन बृद्धि गर्न र कृषिमा आत्मनिर्भर बन्नका लागि नेपाललाई धेरै समय नलाग्ने राजदूत गोडेरको भनाई छ ।

नेपालले कृषिमा परनिर्भर बन्नु परेको कारणका बारेमा राजदूत गोडेरले नेपालमा भएको श्रोत साधनको समुचित प्रयोग गर्न नसक्नु नै रहेको पनि कृषि अनलाईनसँगको कुराकानीमा बताएका छन् ।

नेपालको कृषि क्षेत्रको विकासका लागि इजरायल सरकारले नेपाली युवाहरुलाई कृषि तालिममा संलग्न गराएको र अन्य देशका भन्दा नेपाली युवाहरु निकै जाँगरिला एवं मिहिनेती रहेका उनको भनाई छ । (हेर्नुस भिडियो )

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८