शनिबार, बैशाख ८, २०८१

सन्दर्भ धान दिवसको

काठमाडाैं । नेपालमा असार १५ मा धान दिवस मनाउने गरिएको छ । यस दिनलाइ मानो रोपेर मुरी फलाउने दिनका रूपमा रूपमा पनि व्यख्या गरिन्छ । मनसुन सुरू भएर सबैतिर खेती गर्न पुग्ने पानी भएपछि असार पन्ध्र धान दिवसका रूपमा मनाइएको हो । यस दिन अधिकांस स्थानमा रोपाई गरी धान दिवस मनाउने गरिन्छ । कृषि मन्त्रालयलसहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाले धान रोपाई गरी यो दिवस मनाउने गर्दछन् । खेतमा रोपाई गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् ।

नेपाल एक कृषि प्रधान मुलुक हो । कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको हो । यस दिन राजधानीको खुमलटारमा विशेष कार्यक्रमको आयोजना गरिन्छ भने पोखरामा समेत विदेशी पर्यटनहरूको उपस्थितिमा विशेष रोपाई गरिन्छ । यसवर्ष मनसुन शुरु भइसकेकाले मुलुकका अधिकांस स्थानमा रोपाई शुरु गर्ने तयारी छ । सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुँदै आएको छ । सरकारले आजका दिनलाई दिवसका रूपमा मनाउँदै आएपनि आधुनिक प्रविधिको आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको कृषि बिज्ञहरू बताउँछन् ।

देशको प्रमुख खेतीकाे रूपमा धान रहेको सर्वविदितै छ । गाउँगाउँका किसानले पनि धान नरोपे माम पाइँदैन भन्ने बुझेका छन् ।

प्रकाशित मिति: मङ्लबार, असार १५, २०७८