बिहिबार, बैशाख १३, २०८१

किन महत्वपूर्ण छ नेपालीको लागि धान खेती

काठमाडाैं । नेपालमा साँझ बिहान नमस्ते कुशल मंगल सोध्दा नै साेधिने प्रश्न हो भात खानुभयाे ? नेपालकाे साँझ विहानकाे यो प्रश्नले नेपालीकाे लागि भात कति महत्वपूर्ण छ भन्ने देखाउँछ । यसै पनि आम नेपालीका लागि बिहानबेलुकाको खानेकुरा भनेकै भात भन्ने बुझिन्छ । त्यसैले खाद्य सुरक्षाका दृष्टिकोणले दुई छाक दालभात आम नेपालीको निम्ति अत्यन्तै महत्त्वपूर्ण छ । त्यसैले पनि धान खेती गर्नु एकदमै महत्वपूर्ण छ नेपालीको लागि ।

हाम्रा संस्कारहरूमा पनि चामल धान जोडिएर रहेको छ । विभिन्न पूजामा धान चामलकै प्रयोग हुने गर्दछ । त्योबाहेक धानचामल भनेको यहाँका धेरै मानिसहरूको संस्कृति, संस्कार एवं परम्परासँग पनि जोडिएको छ । सबभन्दा महत्त्वपूर्ण चाहिँ धानको नेपाली अर्थतन्त्रसँगको सम्बन्ध हो। समग्र कृषिले देशको कुल गार्हस्थ उत्पादनमा साढे २६ प्रतिशत योगदान दिएको छ। कुल कृषि उत्पादनमा धानको २० प्रतिशत योगदान छ । त्यसको अर्थ के हो भने धानको उत्पादनमा हुने घटबढको समग्र आर्थिक वृद्धि दरमा समेत उल्लेख्य प्रभाव पर्छ।

प्रकाशित मिति: मङ्लबार, असार १५, २०७८