शुक्रबार, बैशाख ७, २०८१

असार १५ मा रोपाइँ गर्न पर्वत पुगे इजरायली राजदूत हनान

काठमाडौं । असार १५ गते धान दिवसको अवसर पारेर रोपाइँ गर्नका लागि इजरायली राजदूत हनान गोडेर पर्वत जिल्ला पुगेका छन् । नेपालको कृषि क्षेत्रको विकासका लागि व्यक्तिगत रुपमा नै सक्रिय रहेका राजदूत गोडेर नेपाली कृषि क्षेत्रलाई ‘कृषि र खुशी’ को नाम दिँदै आईरहेका छन् ।

पर्वत जिल्लाको मोदी गाउँपालिकाको राम्जा देउरालीका स्थानीय किसानहरुले आयोजना गरेको धान दिवसको अवसरमा धान रोपाइँ गर्न पुगेको इजरायली राजदूतलाई गाउँपालिका अध्यक्ष लगायत स्थानीयवासीहरुले स्वागत गरेका थिए ।

दोश्रो पटक नेपालका लागि इजरायली राजदूतका रुपमा नेपाल आएका हनान गोडेरले यस अघि राजदूत भएर आउँदा पनि हरेक वर्षको धान दिवसका अवसरमा विभिन्न जिल्लामा पुगेर रापाइँ गर्ने गरेका थिए । नेपालमा कृषि क्षेत्रको विकासका लागि प्रविधि विस्तारमा इजरायली सरकारका तर्फबाट गर्नु पर्ने सहयोग पूर्ण रुपमा गर्ने प्रतिवद्धता व्यक्त गदै राजदूत हनानले पछिल्लो समयमा इजरायली कृषि प्रविधिको प्रयोग नेपालमा बढ्दै गईरहेको खुशी समेत व्यक्त गरेका थिए ।

उनले कृषि क्षेत्रकै विकासका लागि इजरायल सरकारले नेपाली युवा पुस्तालाई कृषि तालिम प्रदान गरिरहेको र अझ यसलाई नेपाल सरकारको चाहनन अनुरुप नै अगाडि बढाउँदै लैजाने समेत बताए ।

प्रकाशित मिति: मङ्लबार, असार १५, २०७८