शुक्रबार, चैत्र १६, २०८०

देशभर रोपाईंका काम धमाधम हुँदै

काठमाडौं । देशैभर रोपाईंको याम सुरु भएको छ । भारी खडेरीका कारण हुन नसकेको रोपाईं वर्षायाम सुरु भए लगत्तै सुरु भएको हो । देशका धेरै ठाउँमा कोरोना कहरका कारण नागरिकमा त्रास कायमै रहे पनि ग्रामीण क्षेत्रमा भने निर्बाध रुपमा धान रोपाइँ सुरु भएको छ । गाउँघरमा अहिले रोपाइँ गर्नेको लागि निकै चटारोको समय छ । गाउँघरमा रोपाइँले गर्दा चहल पहल पनि त्यत्तिकै मात्रमा बढेको छ । यस वर्ष समयमै बर्सात भएको र खोला नदी क्षेत्रमा पानी बढेका कारण रोपाइँ छिटो गर्नाका लागि सहज भएको हो ।

प्रकाशित मिति: शनिबार, जेष्ठ २९, २०७८