मङ्लबार, बैशाख ११, २०८१

घरबाट निकालिएकी ज्वालालाई माईतीमा मलको भारी वोक्न पठाईयो

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको मन्त्रीमण्डललाई पटक पटक परिवर्तन गर्दै आईरहेका छन् । मन्त्रीमण्डलमा रहेको मन्त्रीहरुलाई कर्मचारी झै सरुवा गरी एउटा मन्त्रालयबाट अर्को मन्त्रालयको जिम्मेवारी दिनेदेखि मन्त्री पदबाट नै हटाईदिने काम पनि नगरेका भने होइनन् ।

यद्यपी प्रधानमन्त्री ओलीको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक तुल्याउन पटक पटक मन्त्री मण्डल परिवर्तन गरी मन्त्रीहरुलाई गरी खाने बाटो देखाईदिएका छन् । पछिल्लो समय दोश्रो पटक गरिएको संसद विघटन पश्चात विहिबार संविधानले दिएको कोटालाई मध्यनजर गर्दै २५ सदस्यीय मन्त्रीमण्डल गठन गरे ।

सोही मन्त्री मण्डलमा कृषि तथा पशुपन्छी विकास मन्त्रीका रुपमा उदाईन् बाराकी ज्वालाकुमारी साह । कृषि मन्त्रीका रुपमा नियुक्ति पाएकी ज्वाला पूर्वमाओवादी हुन् । नेकपा पार्टी विभाजन भए पश्चात उनी प्रचण्डलाई छाडेर ओलीको फेर समाईन् ।

एमाले र माओवादी दुई पार्टी भएपनि माओवादीबाट निर्वाचित भएर एमालेमा जानेहरुको सांसद भने धेरैको चट् भएको थियो । सोही क्रममा वारा जिल्लाको निर्वाचन क्षेत्र नं.३ (क) बाट प्रदेश २ का लागि निर्वाचित भएकी ज्वालाकुमारीको पद गुमेको थियो । आफ्नो माउपार्टी माओवादीलाई लत्याएर एमालेमा प्रवेश गरेकी ज्वालालाई माओवादीले घरबाट निकालेको (पदबाट बर्खास्त गरेको) थियो ।

माओवादी घरबाट निकालिएकी ज्वालालाई केपी ओली नेतृत्वको सरकारमा एमालेलाई माईती बनाएर सदस्य बनाइएकी साहलाई रातारात कृषि तथा पशुपन्छी विकास मन्त्रीका रुपमा नियुक्ति गरेदेखि नै ओलीले मलको भारी वोकाउने भएका छन् ।

अहिल नेपालको पहिला प्राथमिकतामा रहेको धान खेतीको सिजन भईसेकेको अवस्थमा रासायनिक मल अभाव भएको भनिरहँदा ज्वालाई अहिले ओलीले मलको भारी वोक्न बनाएको भान भएको छ । अहिले नेपालमा कोरोना संक्रमण तथा ढुवानीका कारणले पनि रासायनिक मल अभाव हुन थालेको देखिन्छ ।

यो परिस्थतिमा बाराकी ज्वालाकुमारी साह कृषि उत्पादकत्व बृद्धि गर्नका लागि महत्वपूर्ण मानिएको मलको भारी वोक्न त पठाइएको छ । तर धान्न सक्ने अवस्थामा देखिँदैन । कृषि मन्त्रालयमा केही दिनको पाहुनाका रुपमा माइत आए झै नियुक्ति पाएकी ज्वाला कुमारी साहलाई दुई चार हप्ता कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राम्रै स्याहार गर्ने बाहेक अरु केही पनि हुने संकेत देखिँदैन । ज्वाला कुमारी साहका लागि यो मन्त्री पदमा ‘आए आँप गए झटारो भने जस्तै हो ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ २७, २०७८