शनिबार, बैशाख ८, २०८१

रासायनिक मल सहज गर्न हिड्दै गर्दा मन्त्री पद चेट्

काठमाडौं । हु्न त मान्छेको भाग्य कहाँ गएर कसरी ठोक्किन्छ भन्ने कुरा थाहा हुँदैन । यो पौराणिक कालदेखि नै भनिँदै आईरहेको कुरा पनि हो । अहिले कृषि मन्त्री पद्मा अर्याललाई त्यस्तै भएको छ । धान खेतीका सिजन नजिँकै गर्दा किसानहरुले रासायनिक मलको अभाव खेपिरहेका छन् । वितरण प्रणाली र कोभिड १९ का कारण जारी निषेधाज्ञाका कारण मलको अभाव खेप्नु परेकोले किसानहरुलाई ढुक्क भएर कृषि पेशामा रहिरहन आग्रह गरेकै दिन कृषि मन्त्री पद्मा अर्यालको पद चेट् भएको छ ।

किसानहरुले मल नपाएको गुनासो गरेको भन्दै नेपालमा मल आयात गर्ने दुई आधिकारिक निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशनका महाप्रवन्धक लगायतका पदाधिकारीहरुसँग शुक्रबार दिउँसो छलफलमा सहभागी भएकी मन्त्री अर्यालले मल गोदामको अनुगमन गरेर फर्कदा मन्त्री पद नै गुमिसकेको थियो ।

कुलेश्वर स्थित कृषि सामग्र कम्पनी पुगेर मलको तथ्यगत विवरण कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ्ग कर्पोरेशन भएको स्टक बुझेर यो वर्ष कुनै पनि हालतमा मल अभाव नहुने पक्का पक्की भएपछि मन्त्री अर्यालले भाद्रसम्म मल अभाव नहुने भन्दै ढुक्कसँग खेती गर्न आग्रह गरेकी थिईन् । त्यत्तिमात्र होइन मल आयात गर्ने दुवै संस्थालाई मल वितरण, ढुवानीमा कुनै समस्या परे तुरुन्त आफूलाई जानकारी गराए समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको केही घण्टामा नै मन्त्री पद गएपछि अव के हुन्छ भन्ने अन्योल परेको छ ।

हुन त कृषि मन्त्री परिर्वतन हुँदैमा मल वितरण तथा आयातमा त्यसले कुनै तात्विक असर नगर्ने र प्रक्रियागत रुपमा नै अगाडि बढे पनि पछिल्लो समय भने निषेधाका कारण ढुवानी कै समस्याले मल अभाव भएको देखिन्छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशनकी महाप्रन्धक उर्मिला श्रेष्ठले हालका दिनसम्म कर्पोरेशनले रासायनिक मल सहज रुपमा वितरण गरिरहेको र किसानहरुको पहुँच रहेको भन्दै निषेधाज्ञा कारण मात्र ढुवानीमा समस्या देखिएको बताएकी थिईन् ।

त्यस्तै कृषि सामग्री कम्पनीले पनि मल प्रशस्त मौज्दात रहेकाले यस वर्ष किसानहरुले भाद्रसम्मका लागि कुनै पनि समस्या भोग्नु पर्ने कम्पनीका प्रवन्ध सञ्चालक नेत्र भण्डारीले जानकारी दिएका थिए ।

प्रकाशित मिति: शनिबार, जेष्ठ २२, २०७८