बिहिबार, बैशाख ६, २०८१

नेपालकै कालीगण्डकीमा भेटिएको भनिएको ठूलो माछाको सत्यता

काठमाडौं । नेपालकै कालीगण्डकीमा यति ठूलो माछा पाइन्छ भन्दा जो कोहीलाई विश्वास नलाग्न सक्छ । तर, यो सत्य हो कि नेपालकै कालीगण्डकीमा यो माछा पाइएको हो । यो माछालाई अंग्रेजीमा क्याट फिस (cat fish )भनिने गरिन्छ । यसको तौल एकदमै सप्रिएको अवस्थामा सय किलोसम्म हुनसक्छ ।

हाल भेटिएको यो ठूलो माछा अझै जवान भइसकेको छैन । यसको तौल ५५ किलो रहेको माछा भेट्नेहरुको दाबी छ । यो माछाको जात नेपालका ठूला नदीहरुमा प्रशस्त रुपमा पाइने विज्ञहरु बताउँछन् । यो माछाले नदीमै पाइने विभिन्न जलचरहरुलाई खाने गर्दछ ।

यसको आँत एकदमै ठूलो हुने कारण यो यसरी बढेको हो । क्यटफिस माछा एक सिकारी माछा हो । यो माछाको फोटो हाल सामाजिक सञ्जालमा भाइरल भाइरल भइरहेको छ । तस्बीर सुन्दर कसुजुले सार्वजनिक गरेका हुन् । माछा कालीगण्डकीको नजिक रिडीभन्दा थोरै तल अर्गली भन्ने स्थानमा भेटिएको हो । जुन ठाउँलाई कुडापानी पनि भनिन्छ । यस जातको माछालाई गोच पनि भनिने गरिन्छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ २०, २०७८