बिहिबार, चैत्र १५, २०८०

महत्वाकांक्षी कृषि बजेट आएकै दिन किसानले पाए म्याद गुज्रिएको धानको बीउ

बाँके । कृषि क्षेत्रमा आगामी आर्थिक वर्षका लागि ४५ अर्बको बजेट घोषणा भइरहँदा बाँकेका किसानले भने म्याद गुज्रिसकेको धानको बीउमा चित्त बुझाउनु परेको छ । कृषि मन्त्रालय ठूलाे बजेट हात परेकाेमा मख्ख छ । उता किसान भने हिस्स बुढी ङिच्च दाँत भएका छन् । बाँकेमा कृषि बीउबिजन बिक्री केन्द्रबाटै खेती लगाउने बेला म्याद सकिएको बीउ बिक्री भएकाे छ ।

जबकी आजै बजेट भाषणमा कृषि क्षेत्रका लागि महत्वाकाक्षी बजेट पेस भएकाे छ । निषेधाज्ञाको मौका छोपेर बीउबिजन बिक्रेताले किसानलाई म्याद नाघेको बीउ बिक्री गर्ने गरेका छन् । ग्रामीण क्षेत्रबाट बीउबिजन खरीद गर्न आउने किसानलाई म्याद नाघेको बीउबिजन बिक्री गर्ने गरेको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिए ।

स्थानीय तहले बजार अनुगमन नगर्ने कारण व्यापारीहरू किसानलाई म्याल नाघेकाे बीउ बेच्दै आएका छन् । खेती लगाउने समयमा व्यापारीले किसानलाई ठग्ने गरेको गुनासो आउन थालेपछि बजार अनुगमनका क्रममा म्याद नाघेको बीउबिजन बिक्री गरेको पाइएको छ । कृषि बजेटकै खिल्ली उड्ने गरी व्यापरीहरू कालाेबजारीमा मस्त छन् भने कृषिमा क्रान्ति होला भनेर विश्वास गर्ने ठाउँ छ र ?

प्रकाशित मिति: शनिबार, जेष्ठ १५, २०७८