शुक्रबार, चैत्र १६, २०८०

दूधको पैसा नौनीमा फिर्ता , गजब छैन त ?

तनहुँ । किसानले आफैंले उत्पादन गरेको दूध डेरीलाई ५५ रुपैयाँमा बेचेर प्रतिकिलो ७९८ रुपैयाँमा नौनी किन्नुपर्दा कस्तो होला ? मन लागेर किन्दा त केही फरक नपर्ला तर, जबरजस्ती किन्नुपर्यो भने ? यस्तै भएको बन्दीपुर याम्फाफाँटका दुुग्ध उत्पादक किसानकलाई । किसानले लामो समयदेखि दुुधको पैसाबापत नौनी फिर्ता पाउँछन् । गजब छैन त व्यापारीको चाल ? त्यहाँका किसानलाई गतवर्षको पुसदेखि सहकारीले दूधको पैसा भुक्तानी गर्दैन । त्यसको सट्टामा नौनी दिएर टारिदिन्छ । किसानले आफ्नो दूधको नौनी घरमै बनाउन सक्दैनन् र ?

गतवर्ष लकडाउन भएदेखि नै किसानले दूूधको पैसा पाएनन् । सरकारीले दूूध बिक्री गर्न नसकेको कारण यस्तो गरिएको जनाएको छ । उत्पादित दूध बजारमा खपत नभएको कारण नौनी बनाएर किसानलाई दिएको सहकारीको तर्क छ । दूध त बिग्रन्छ तर, त्यसलाई घिउ बनाएको खण्डमा नबिग्रने र किसानलाई पनि बेफाइदा नहुने सहकारीको मान्यता छ । दैनिक चारहजार लिटर दूध संकलन गर्ने सहकारीले लकडाउनका कारण दूूध खपत गर्न सकिरहेको छैन । त्यसैले यसो गर्नुको विकल्प छैन भन्ने सहकारीको मान्यता छ । दूधको मूल्य समयमा नपाउँदा निकै गाह्रो भएको दुग्ध उत्पादक कृषकहरु दुखेसो पोख्छन् । घिउ बेचेर पैसा फिर्ता दिने समय कुराउनुभन्दा किसानले नै घिउ बेची पैसा अर्जन गर्दा छरितो हुने सहकारी बताउँछ ।

अर्को रमाइलो कुरा सहकारीलाई सरकारले अनुदान पनि दिएको हुन्छ । एकातिर अनुदान पचायाे अर्कोतिर किसानको नाैनी किसानलाई नै भिडायाे । भएन त फाइदा ? किसानको चिन्ता कसलाई ?

प्रकाशित मिति: शुक्रबार, जेष्ठ १४, २०७८