शुक्रबार, चैत्र १६, २०८०

कोभिड १९ का कारण पुष्प व्यवसायमा करोडौं नोक्सान, व्यवसाय धरासायी बन्दै

काठमाडौं । कोभिड १९ का कारण समग्र अर्थतन्त्र नै धरासायी वन्दै गईरहेको छ । गत वर्ष चैत ११ गतेदेखि कोभिड संक्रमण न्यूनिकरण र रोकथामका लागि सरकारले गरेको लकडाउन हुँदै अहिलेको निषेधाज्ञासम्म आईपुग्दा पुष्प व्यवसायमा करोडौ नोक्सानी भएको फ्लोरिकल्चर एसोसिएन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताएका छन् ।

काठमाडौं महानगरपालिका वडा नं ४ निलोपुलमा रहेको काठमाडौं नर्सरीमा भेटिएका कसजु यतिखेर पुष्प व्यवसायी र तिनका परिवारलाई कसरी सुरक्षित गर्ने भन्नेमा व्यवसायी साथीहरुसँग भर्चुअल छलफल गदैै गरेको भेटिए ।

कृषि अनलाईन प्रतिनिधि उनको नर्सरी पुग्दा नर्सरी भित्रका धेरै फूलहरु सुकिरहेका थिए । गमलामा फुलेका फूलहरु पनि ओइलाउँदै गईरहेको थियो । केही पुष्प प्रेमीहरु फूलको भाउ सोध्दै त केही फुलका विरुवाहरु खरिद गर्दै लादँ पनि थिए ।

निषेधाज्ञाका बेलामा नर्सरीमा फूलहरु सुकिरहेको देखेपछि हामीले पुष्प व्यवसायीहरुको छाता संस्थाका फ्लोरिकल्चर एसोसिएनका अध्यक्ष कुमार श्रेष्ठ कसजुको मुहारमा भने विगतमा जस्तो खुशी नदेखिएपछि केही जिज्ञासा राख्यौ किन निराशा हुनुहुन्छ ? कसजु भन्छन् व्यवसायीरुको करोडौ नोक्सानी भएको छ । नर्सरीमा भएका फूलहरु ओलाई सके विरुवाहरु मर्न थालेका छन् । विक्री हुन छाडिसक्यो व्यवसाय धरासायी वन्दै छ, यो अवस्थामा कसरी खुशी हुन सकिएला र उनले प्रतिप्रश्न गरे ।

हो, अचेल अधिकांश पुष्प व्यवसायीहरु निराशा देखिएका छन् । पुष्प व्यवसायले बजार पाउन सकेको छैन । तर पनि जसोतसो नर्सरी जोगाउने काम भने गरिरहेका छन् । यसै सन्दर्भमा रहेका समग्र व्यवसायको विषयमा अध्यक्ष कसजुसँग गरिएको कुराकानीको केही अंश । (भिडियोमा हेर्नुस )

प्रकाशित मिति: शुक्रबार, जेष्ठ १४, २०७८