शुक्रबार, चैत्र १६, २०८०

मकैको जुँगाकाे चियाका फाइदाहरू

काठमाडौं । तापाईंलाई थाहा छ ? मकैको जुँगाको चिया बनाएर पिउन सकिन्छ । जसका फाइदाहरु पनि प्रशस्तै लाभदायक हुन्छ । यो एक द्दरेलु औषधि नै हो । चाइना, थाइल्यान्ड, जापान, कोरिया जस्ता देशमा मकैको जुँगाको चिया आज पनि प्रचलित छ । हाम्रो देशमा पनि पहिले पहिले मकैको जुँगाको चिया सेवन गरिन्थ्यो तर, समयक्रमसँगै यो चियाको प्रयोग नेपालमा भने हराउँदै गएको छ । देश विदेश देखेर फर्किका युवाहरुले यसको सुरुवात पनि गरेका छन् । यसलाई अंग्रेजीमा कर्न सिल्क टि पनि भनिएकाे पाइन्छ । यो लाभदायी औषधिरुपी मकैको चियाको फाइदाहरु पनि जानिराखौं ।

मकैको जुँगाको चिया सेवन गर्नाले मृगौलाका बिरामीहरुलाई फाइदा गर्दछ । त्यसैगरी यसमा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । यसले सुगर र प्रेसरका बिरामीलाई पनि निकै फाइदा पुग्ने हुन्छ । बच्चाहरुले बिच्छ्यौनामा पिशाब फेरेर हैरान भएका अभिभावकका लागि त यो वरदानै हुन आउँछ किनकी यसले सो समस्या हटाइदिन्छ । दाँतलाई पनि यसले बलियो बनाउँछ । यो एकदमै अचुक औषधि हो । त्यसै गरी मकैको जुँगाको चियाले हाडजोर्नी दुख्ने समस्यालाई पनि हटाइदिन्छ । भएन त कमाल ? यसको सबैभन्दा राम्रो गुण भनेको पिशावलाई राम्ररी खुलाइदिन्छ । जसले पिशाबका रोगीहरुलाई राहत प्रदान गर्ने हुन्छ । मिनिरल पनि यसमा प्रशस्त पाइने हुन्छ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ १०, २०७८