शुक्रबार, बैशाख ७, २०८१

पाँचखालका किसानलाई ६० वटा हाते ट्र्याक्टर

पाँचखाल । कृषिमा आधुनिकीकरण तथा यान्त्रिकीकरण गर्न काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ र ११ का किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । नगरपालिकाकाे कार्यालयले कम लगानीमा बढी आम्दानी लिन सकियोस् भन्ने उद्देश्य राखेर हाते ट्र्याक्टर वितरण गरेकाे हाे ।

किसानको ५० प्रतिशत र वडा कार्यालयको ५० प्रतिशत लगानीमा ट्र्याक्टर खरिद गरिएको नगरपालिका प्रमुख महेश खरेलले जानकारी दिएका छन् । जस अन्तर्गत अहिले नगरभरि गरी ६० थान हाते ट्र्याक्टर किसानलाई वितरण गरिएको छ ।

त्यस्तै वडा नं ९ मा ट्र्याक्टर वितरण गरेको कार्यक्रममा वडाध्यक्ष किरण श्रेष्ठले २५ थान हाते ट्र्याक्टर किसानलाई हस्तान्तरण गरेका छन् । वडा नं ९ मा हाते ट्र्याक्टर वितरण गरिएको छ । नगरपालिका उपप्रमुख दुनुवारले कम लगानी, समयको बचतका साथै थोरै समयमा धेरै काम गर्न सकिने भएकाले वितरण गरेको बताए ।

वडा नं ९ का अध्यक्ष किरण श्रेष्ठले वडाले ‘एक घर, एक ट्र्याक्टर’ अभियान सञ्चालन गरेअनुरुप ती सामग्री वितरण गरेको बताए।

प्रकाशित मिति: आइतवार, जेष्ठ २, २०७८