मङ्लबार, बैशाख ११, २०८१

कृषिको आगामी बजेट ४१ अर्व, सरकार निकटका माननीयको जिल्लामा छानीछानी कार्यक्रम

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि जेठ १५ गते बजेट सार्वजनिक हुँदैछ । जेठ १५ गते बजेट सार्वजनिक गरिरहँदा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ४१ अर्व बजेट पाउने निश्चित प्राय छ । जसमध्ये ३२ अर्व रुपैयाँ संघ र ९ अर्व रुपैयाँ प्रदेश सरकारले पाउने देखिन्छ ।
विगतको तुलनामा आगामी आर्थिक वर्षमा कृषिको बजेट बढेको देखिन्छ । यद्यपी कार्यक्रमहरु भने नयाँ केही पनि आउने संकेत देखिएको छैन । कृषिको बजेट तयार गरी संघ र प्रदेश मार्फत खर्च गर्नका लागि पूर्व तयारी स्वरुप बनेका कार्यक्रमहरु किसानका लागि भन्दा पनि सरकार निकट माननीयहरुको निर्वाचन क्षेत्रलाई लक्षित गरी छानी छानी कार्यक्रम बनाएको छ ।

विशेष गरी अहिले नेकपा एमालेका अध्यक्ष ओली निकट सांसदहरुको निर्वाचन क्षेत्रका लागि बजेट बढी छुट्याइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय बजेट महाशाखा श्रोतले बनाएको छ । बजेटमा संघर र प्रदेशको बजेट मात्र होइन मन्त्रालय मातहतमा रहेको सवैभन्दा ठूलो आयोजनका रुपमा रहेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुपर जोन, जोनका नाममा माननीयहरुको स्वार्थ अनुकूलका कार्यक्रमहरु आउने भएका छन् ।

मन्त्रालयले किसानहरुको आवश्यकता भन्दा पनि माननीयहरुको आवश्यकता र स्वार्थ अनुकूलका कार्यक्रमहरु निर्माण गरी बजेट तयारी गरिएको भन्दै मन्त्रालय भित्रकै केही कर्मचारी रुष्ट बनेका छन् । जे होस् मन्त्रालयले व्यवसायिक कृषिको कुरा गरेपनि माननीयको इच्छा बमोजिमको कार्यक्रम छानी छानी तयार गर्नुले सरकारी बजेट उत्पादकत्व बृद्धि गर्ने भन्दा पनि कार्यकर्ता बृद्धि गर्ने तर्फ उन्मूख भएको संकेत देखिएको छ।

प्रकाशित मिति: शनिबार, जेष्ठ १, २०७८