बिहिबार, चैत्र १५, २०८०

नेपाल कृषि मेशिनरी व्यवसायी संघको पाँचौ अधिवेशनबाट नयाँ नेतृत्व चयन

काठमाडौं । सात वर्ष अघि कृषि यन्त्र आयात तथा विक्री वितरण गर्दै आईरहेका व्यवसायीहरुले स्थापना गरेको नेपाल कृषि मेशिनरी व्यवसायी संघको पाँचौ अधिवशेनले नयाँ नेतृत्व चयन गरेको छ । काठमाडौंमा आयोजिनत पाँचौ साधारणसभाले १३ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा निर्वाचित गरेको छ ।

१३ सदस्यीय नेपाल कृषि मेशिनरी व्यवसायी संघको अध्यक्षमा खोजराज कट्वाल, उपाध्यक्षमा उमेश नारायण मानन्धर, महासचिवमा कृष्ण प्रसाद शर्मा, सचिवमा झमक प्रसाद घिमिरे तथा कोषाध्यक्षमा अर्जुन प्रसाद लुईटेल निर्वारोध निर्वाचित भएका छन् ।

त्यस्तै संघको कार्यसमिति सदस्यहरुमा क्रमश ः श्रीकृष्ण अधिकारी, गौतम महर्जन, राजेन्द्र जंग रायमाझी, दुर्गा दाहाल, राजाराम तिवारी, गौरव श्रेष्ठ, केशव गैरे र पत्रकार सुनिता न्हेमाफुकी निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: बिहिबार, चैत्र २६, २०७७