शुक्रबार, बैशाख ७, २०८१

उत्पादन होस् नहोस् जोन थप्न सिफारिस

जाजरकोट । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जिल्लामा विषयगत रुपमा जोन सुपरजोन स्थापना गरेको भएपनि अहिले उत्पादकत्व बृद्धि गर्ने भन्दा पनि अनुदान कसरी जिल्लामा लैजाने भन्ने राजनीतिक नेतृत्व कारण जोन थपिने काम भएको छ ।

जाजरकोट जिल्लामा मौरी र सुन्तला जोनले सोचे जस्तो सफलता पाउन नसकेको भएपनि अहिले फेरि नयाँ जोनका लागि सिफारिस गरिएको छ । परियोजना कार्यालये थप तीन सूचि राखेर नयाँ जोनका लागि सिफारिस गरिएको जनाएको छ ।

जोन कार्यालयका अनुसार नयाँ सिफारिसमा दलहन बाली, ओखर र बाख्राको जोन बनाउन पहल थालिएको छ । कृषि विकास कार्यालय, सातै वटा स्थानीय तहका कृषि शाखा र जिल्लाका सरोकारवाला निकायसँग व्यापक छलफल गरी नयाँ सूची बनाएर गृहकार्यमा लागेको परियोजना कार्यालयले जनाएको हो ।

यसअघि सञ्चालनमा रहेका मौरी र सुन्तला जोनले सोचे अनुरुप उत्पादकत्व बृद्धि हुन नसकेको बताएको छ । तर पनि अनुदान वितरणका कारण व्यापकरूपमा जनताको मन जितेपछि नयाँ सूचीकरण गरी प्रस्ताव गरिएका कार्यालयले जनाएको हो ।

प्रकाशित मिति: आइतवार, चैत्र १५, २०७७