शुक्रबार, चैत्र १६, २०८०

प्रधानमन्त्रीलाई बेवकुफ बनाउँदै कृषि तथा पशुपन्छी विकास मन्त्रालय

काठमाडौं । सुन्दा असहज पनि लाग्छ सक्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेवकुफ बनाउँदै भन्दा । तर, कुरा सत्य हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आउँदो चैत १२ गते विहीबार पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा प्रधानमन्त्री मार्फत गराएउदै छ । यही घोषणा गराएर नै मन्त्रालयले प्रधानमन्त्रीलाई बेवकुफ सावित गर्दै छ ।

नेपालको कृषि क्षेत्र अहिले आत्मनिर्भर भईसकेको छँदैछैन । त्यसमाथि पनि पशुपन्छी जन्य उत्पादनमा मुलुक के आधारमा आत्मनिर्भर घोषणा हुँदैछ भन्ने वहश चल्न थालेको छ । हुन त पशुपन्छी सेवामा कार्यरत सरकारी अधिकारीकै भनाईलाई उदृत गर्ने हो भने पोल्ट्री क्षेत्रमा मुलुक आत्मनिर्भर हुन खोजेको भएपनि पूर्ण रुपमा आत्मनिर्भर बन्न सकेको छैन ।

पशुपन्छी जन्य उत्पादन मध्ये कुनै एकमा समेत पूर्ण रुपमा मुलुक आत्मनिर्भर बन्न नसकिरहेको बेलामा प्रधानमन्त्रीलाई भ्रममा पारेर कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मुलुकलाई पशुपन्छी जन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गराउने कार्यक्रम सार्वजनिक गर्दै छ ।
हुन त विगतमा कृषि विकास मन्त्रालय मात्र रहेदा यस अघि ओली नै प्रधानमन्त्री हुँदा मन्त्री पदमा भागबण्डा पु¥याउन नसक्दा मन्त्रालय विभाजन गरेर कृषि र पशुपन्छी छुट्टाछुट्ट बनाएका थिए । अहिले मुलुक संघीय संरचना गएपश्चात दुई मन्त्रालयलाई पुन एक गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालय बनाइएको छ । भने मन्त्रालयमा अनावश्यक रुपमा दुई सचिव समेत राखिएको छ ।

पशुपन्छी जन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर भएको घोषणा गर्न किन हतारो गरिएको भन्ने चर्चा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा नै चल्न थालेको छ । पशुपन्छीको दानाका लागि आवश्यक मकै, भटमास समेत मुलुकमा उत्पादन नभएर करोडौंको मकै भटमास लगायतका बस्तुहरु फिड सप्लिमेण्टका रुपमा विदेशबाट आयात गरिरहँदा पशुपन्छी जन्य उत्पादनमा मुलुक कसरी आत्मनिर्भरु भएको भन्न मिल्छ ।
नेपालमा दूध, माछा, मासु, पशुबस्तुका लागि आवश्यक आहार, औषधी कुनै पनि कुरामा विदेशीको भर परिरहनु परेको छ ।

यस्तो परिस्थितिमा कृषि तथा पशुपन्छी विकास भने प्रधानमन्त्रीको पदको दुरुपयोग गर्दै आत्मनिर्भर घोषणा गराउने प्रपञ्च रचिरहेको छ । बोलेर भन्दा काम गरेर देखाउनु पर्ने अवस्थामा घोषणा कार्यक्रमले ओलीलाई निकै नै गिराउने काम गर्न लागेको सोही क्षेत्रमा कार्यरत विज्ञहरुको दुखेको छ ।

प्रधानमन्त्रीका सेरोफेरोमा बसिरहेका तथा आफ्नै पार्टी निकट किसान संगठनहरुले समेत यस्तो अपत्यारिलो घोषणाा गर्नु मुर्खता भएको जानकारी दिँदै पशुपन्छी जन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणाभन्दा पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर बन्न किसानलाई यो पेशामा कसरी सक्रिय गराउन उत्प्रेरित गर्न सकिन्छ भन्ने कुराको घोषणा गर्न लगाउनु पो बुद्धिमत्ता होला त ?

२०७७ चैत १२ गते विहिबारका दिने प्रधानमन्त्री पशुपन्छी जन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर भएका घोषणा गराईनु कुनै पनि हालतमा उचित हुने देखिँदैन ।

प्रकाशित मिति: मङ्लबार, चैत्र १०, २०७७