शनिबार, बैशाख ८, २०८१

२५ लाखको कृषि पत्रकार स्वास्थ्य उपचार कोषको घोषणा

काठमाडौं । ओझेलमा पर्ने गरेको कृषि क्षेत्रका विषयमा कलम चलाउँदै आईरहेका पत्रकारहरुलाई लक्षित गरी नेपाल कृषि पत्रकार महासंघले २५ लाखको स्वास्थ्य उपचार कोषको घोषणा गरेको छ । नेपाल कृषि पत्रकार महासंघका अध्यक्ष वैकुण्ठ भण्डारीको अध्यक्षतामा बसेको महासंघको पहिलो वैठकले सो निर्णय गरेको हो ।

किसानलाई जस्तै कृषि पत्रकारहरुलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन हुन नसकिरहेका बेला कृषि पत्रकारहरुलाई उत्प्रेरित गर्ने उदेश्यकले स्वास्थ्य कोष स्थापना गर्न लागिएको अध्यक्ष वैकुण्ठ भण्डारीले जानकारी दिए ।

नवगठित महासंघको उपाध्यक्षमा सुमन पन्थ, महासचिवमा पवन श्रेष्ठ, सचिव गोपाल आले, कोषाध्यक्ष कमला भट्टराई चयन भएका छन् । देशैभर समान उदेश्य राखि स्थापना भएका कृषिसंग सम्बन्धीत संचार संस्थाहरुलाई छाता संगठनमा आवद्धताका लागि समेत महासंघको पहिलो वैठकले आव्हान गरेको छ ।

प्रकाशित मिति: बिहिबार, चैत्र ५, २०७७