बिहिबार, चैत्र १५, २०८०

सम्पादक भण्डारी सहित १२ जना अग्रज पत्रकारलाई सम्मान

काठमाडौं । नेपाल पत्रकार महासंघ, एशोसिएट प्रदेश समितिले कृषि अनलाईनका सम्पादक वैकुण्ठ भण्डारीलाई सम्मान गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले भण्डारी लगायत १२ जना अग्रज पत्रकारलाई सम्मान गरेका हुन् ।
नेपाल पत्रकार महासंघ एशोसिएट समितिले एशोसिएट संस्थाका संस्थापकहरुलाई सम्मान गरेको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ अध्यक्ष गोविन्द आचार्यले नेपाल पत्रकार महासंघको विधान संशोधन भएकाले अहिले विगतमा जस्तो सदस्यता वितरणमा केन्द्रको कुनै हात नभएको भन्दै सदस्यता सम्वन्धि विवाद र समाधान जिल्लाबाट नै गर्नु पर्ने बताए ।

सम्मानितहरुका तर्फबाट बोल्दै पत्रकार रमण घिमिरेले नेपाल पत्रकार महासंघको स्थापनाका लागि विषयगत संस्थाका रुपमा रहेका एशोसिएट संस्थाहरुको महत्वपूर्ण भूमिका भएकाले एशोसिएट संस्थाहरुलाई विषयगत नै तालिम प्रदान गर्न महासंघले सक्रियता देखाउनु पर्ने बताए ।

सोही कार्यक्रममा अतिथिका रुपमा रहेको नेपाल प्रेस युनियनका महासचिव अजयवाबु सिवाकोटीले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई सहज रुपमा सम्पन्न गर्नका लागि सवै पत्रकारहरुले सक्रिय सहभागिता जनाउनु पर्ने बताए ।
सम्मानित हुनेहरुमा वैकुण्ठ भण्डारी, केदार खड्का, रमण घिमिरे, सिताराम अग्रहरी, शिव कुमार खड्का, विद्रोही गिरी लगायतका छन् ।

प्रकाशित मिति: शनिबार, फाल्गुन २२, २०७७