शुक्रबार, चैत्र १६, २०८०

रासायनिक मल आयात र वितरणमा साल्ट्र ट्रेडिङ्गलाई सरकारी विश्वास

काठमाडौं । हरेक वर्ष समस्याको रुपमा बल्झिरहने रासायनिक मलको अभाव परिपूर्ति गर्नका लागि सरकारले साल्ट टे«डिङ्ग कर्पोरेशनलाई विश्वास गरेको छ । २०७१ सालदेखि नै रासायनिक मल आयात गरी वितरण गर्दै आईरहेको साल्ट्र टे«डिङ्गलाई ३० प्रतिशत मात्र मल आयात गर्नका लागि स्वीकृत दिइएको थियो ।

पछिल्लो समय सरकारी निकाय कृषि सामग्री कम्पनीले मल आयातका लागि जिम्मेवारी दिएका ठेकेदारहरुका ठेक्का रद्द हुने गरेको मल आयात गर्न नसकेका कारण सरकारले यही मौकामा नियमित मल आयात गरिरहेको साल्ट्र टे«डिङ्गलाई थप मल आयात गरी विक्री वितरण गर्ने निर्णय गरेको हो ।

फागुन ११ गते बसेको मन्त्री परिषद्को वैठकले साल्ट्र टे«डिङ्गलाई मल आयातको परिमाण थपेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सरकारकार प्रवक्ता एवं सञ्चार मन्त्री पार्वत गुरुङ्गले जानकारी दिएका हुन् । यो निर्णयसँग साल्ट्र टे«डिङ्गलाई विगतमा आयात गरिरहेको ३० प्रतिशतबाट अझ बढ्ने देखिएको छ ।

तर साल्ट्र टे«डिङ्ग कर्पोरशनलाई कति प्रतिशत मल आयात गर्न तोकिएको हो भन्ने अझै टुङ्गो लागको छैन । हाल कृषि सामग्री कम्पनीले आवश्यक रासायनिक मलको ७० प्रतिशत र साल्ट्र टे«डिङ्गले ३० प्रतिशत रासायनिक मल आयात गरी विक्री वितरण गर्दै आईरहेका छन् ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन १८, २०७७