बिहिबार, बैशाख १३, २०८१

म्याद गुज्रिएका खाद्य सामग्री नयाँ स्टिकर टाँसेर नेपाल भित्रिने गरेको प्रधानमन्त्रीको भनाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आयात हुने गरेका अधिकांश खाद्यबस्तु म्याद गुज्रिएसकेपछि नेपाल भित्रने गरेको खुलासा गरेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनमा काठमाडौंमा आयोजित माटोको डिजिटल नक्सा सार्वजनिकीकरणलाई सम्वोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले देशमा पर्याप्त उत्पादन भएको र कृषिमा आत्मनिर्भर भएको भन्दै आयातित लाम्चो दाना भएको चामल बजारबाट किनेर खाने बानी भएकाले खाद्यान्न आयात बढी देखिएको आयात बताए ।

उनले नेपालमा आउने सवै किसिमका खाद्य बस्तु म्याद सकिएको र नेपालमा आयात हुँदा नयाँ लेवल टाँसेर पठाउने गरेको समेत बताउँदै नेपालीहरुले म्याद गुज्रिएको खाने कुरा किनेर खाईरहेको बताए ।

प्रकाशित मिति: बुधबार, फाल्गुन १२, २०७७