बिहिबार, बैशाख १३, २०८१

उच्च मूल्यका कृषि बस्तु नै विक्री हुन गाह्रो

काठमाडौं । कृषि बस्तुहरु मध्ये केही यस्ता उत्पादनहरु छन्, जुन नेपालमा उच्च मूल्यका कृषि बस्तुका रुपमा लिने गरिन्छ । तर, तिनै उच्च मूल्यका कृषि बस्तुहरु विक्री हुन हम्मे हम्मे पदैछ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अदुवा, बेसार, चिया, कफी तथा लगायतका बस्तुहरु उत्पादन हुन्छ तर बजार पाउन मुश्किल पर्दछ । सरकारले उच्च मूल्यका कृषि बस्तु उत्पादन गर्नका लागि जोड दिएको पनि पाईन्छ । तर त्यसको बजारीकरण गर्ने काममा सरकार चुकेको छ ।
हो, अहिले किसानहरुले उत्पादन गरेको अदुवा खेतबारीमा नै कुहिन थालेको छ ।

जसरी किसानलाई उत्पादन गर्नका लागि प्रोत्साहन गरिएको थियो त्यसैगरी बजारीकरण र विक्री गर्ने सहज बनाईदिएको भए सायद किसानहरु सरकारप्रति धन्य पनि हुन्थे तर त्यसो हुन सकेको देखिँदैन । सरकारले चाहेको जस्तो उत्पादन किसानहरु आफैले गरिरहेका छन् । आफ्नो क्षेत्रको माटो सुहाउँदो बाली उत्पादन परम्परागत रुपमा भएपनि किसानहरुले गर्दै आएका छन् ।

किसानहरु रगत पसिना बगाएर कृषि उत्पादन गर्दछन् । तर उचित मूल्य पाउँदैनन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आउने मन्त्री सचिवहरु किसानका पक्षमा भाषण कडा कडा र निकै रोमाञ्चित तरिकाले गर्दछन् । जव किसानहरुलाई समस्या पर्दछ त्यसबेला उनीहरु कता हराउँछन् हराउँछन् ।

पछिल्लो अवस्थामा हेर्ने हो भने सरकारले नै उच्च मूल्यका कृषि बस्तुहरु भनिएका कृषि उपज विक्री हुन छाडेको छ । विचौलियाका कारण बजारीकरणको समेत अभावले यो अवस्था आएको किसानहरु बताउँछन् । यस्ता कृषि उपजहरु विक्रीका लागि सरकारलले सहजीकरण गरिदिने हो भने किसानहरु उत्पादनमा रमाउँथे कि ?

प्रकाशित मिति: सोमवार, फाल्गुन १०, २०७७