काठमाडौं । केही साता अघिमात्र छिमेकी राष्ट्रमा देखिएको बर्डफ्लू अहिले काठमाडौंमा नै देखिएको छ । पशु सेवा विभागका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिकाको फुटुङ्गमा बर्डफ्लू देखिएको हो । बर्डफ्लू देखिएको फार्ममा रहेको कुखुराहरु नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ ।
भारतमा बर्डफ्लू देखिएपनि नेपालको सीमावर्ती क्षेत्रमा सतर्कता नपनाउँदा काठमाडौंमा नै बर्डफ्लू देखिएको छ । सीमानाकामा नदेखिएको बर्डफ्लू काठमाडौंमा कसरी देखियो भन्ने विषय कसैले पनि बोल्न चाहेका छैनन् ।
Add Comment