शुक्रबार, चैत्र १६, २०८०

बर्डफ्लू नियन्त्रणमा लिईसकेको पशुसेवा विभागको भनाई

काठमाडौं । काठमाडौं जिल्लामा देखिएको बर्डफ्लू पूर्ण रुपमा नियन्त्रणमा लिइएको पशु सेवा विभागले जनाएको छ । काठमाडौं जिल्लाको तारकेश्वर साङ्लेखोला स्थित फुटुङ्गका स्थानीय किसानहरुहरुले पालेको टर्की र हाँसको नमूना संकलन गर्दा माघ १६ गते बर्डफ्लू पुष्टि भएको थियो ।

बर्डफ्लू पुष्टि भएपछि रोग अन्यत्र फैलन नदिन रोग देखिएको क्षेत्रका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य बस्तु समेत नष्ट गरिएको विभागले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

पशु सेवा विभागले जारी गरेको विज्ञप्तीमा १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५ सय ४२ अण्डा र ७५ केजी दाना नष्ट गरी सुरक्षित तवरले तह लगाईएको र माघ १७ गते रोग पूर्ण रुपमा नियन्त्रण गरिसकेको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०७७