बुधबार, बैशाख १२, २०८१

किसानको भुक्तानी नदिने अन्नपूर्ण चिनी मिलका साहु राकेश पक्राउ

काठमाडौं । उखु किसानहरुको भुक्तानी समयमा उपलब्ध नगराउने सर्लाहीमा रहेको अन्नपूर्ण सुगर मिलका साहु राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । त्रिपुरेश्वरस्थित उनकै घरबाट पक्राउ परेका अग्रवाललाई काठमाडौंबाट सर्लाही पु¥याएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उनी विरुद्ध ठगी गरेको किटानी जाहेरी परेकाले अनुसन्धानका लागि काठमाडौंबाट पक्राउ गरी सर्लाही पु¥याएको हो । अग्रवालले उखु किसानहरुको १७ करोड भुक्तानी नदिएका कारण किसानहरुले ठगी गरेको आरोप लगाउँदै उनी विरद्ध जाहेरी दिएका थिए ।

उखु किसानहरुले आफूले पाउनु पर्ने भुक्तानी नपाएपछि जिल्ला जिल्लाबाट काठमाडौं आएर आन्दोलन गरेका थिए । किसानहरुको आन्दोलनका कारण सरकारले गृह मन्त्रालय मार्फत किसानहरुको भुक्तानी नदिने चिनी उद्योगीहरुलाई पक्राउ गर्न आदेश समेत थियो ।

प्रकाशित मिति: बिहिबार, माघ १५, २०७७