शुक्रबार, चैत्र १६, २०८०

कृषि विकास बैंकद्धारा किसान क्रेडिट कार्ड जारी

काठमाडौं । कृषि विकास वैकले किसानहरु लक्षित गरी पहिलो पटक किसान क्रेडिट कार्ड ल्याएको छ । बैंकले आफ्नो ५४औं वार्षिकोत्सवको अवसरमा बुधवार काठमाडौंका १५ जना किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण गर्दै यसको शुरुवात गरेको हो ।
वार्षिकोत्सवको अवसर पारेर बैंकले कृषिबारे सम्पूर्ण जानकारी दिने ‘किसान एप’ पनि सार्वजनिक गरेको छ । कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री विष्णु पौडेले कार्डको औपचारिक शुरुवात गरेका हुन् ।

राजधानीमा कृषि फर्म सञ्चालन गरिरहेका १५ जना ग्राहकबाट किसान क्रेडिट कार्ड वितरण गरेको कृषि विकास बैंकका सचिव तथा प्रवक्ता हेमलाल पौडेलले बताए । उनका अनुसार बैंकले पाइलट फेजको रूपमा काठमाडौंबाट शुरुआत गरेको र यसको प्रभावकारिता हेरेर पोखरा, विराटनगरलगायत क्षेत्रमा क्रमशः विस्तार गर्दै लगिनेछ ।

बैंकले ब्याज अनुदानमा कृषि तथा पशुपक्षी व्यवसायका लागि जारी गरिएको सहुलियतपूर्ण कर्जामा मात्र विनाधितो कर्जा प्रवाह गरेको छ । बैंकबाट कर्जा लिएका ऋणीले स्वीकृत भएको कर्जाबाट रू।१ लाख रकमसम्म कार्डका लागि छुट्ट्याएर प्रयोग गर्न सकिने प्रवक्ता पौडेलले बताए ।

प्रकाशित मिति: बिहिबार, माघ ८, २०७७