शुक्रबार, चैत्र १६, २०८०

कृषि क्षेत्रमा बिदेशी संस्थाहरुको मनोमानी काम, मन्त्रालयको छैन ध्यान

काठमाडौं । नेपाललाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने, बन जंगल जोगाउने ,जडिबुटिको पहिचान र प्रयोगका बारेमा सिकाउने, पहिरो रोक्ने, बातावरण परिवर्तनको असरबाट जोगाउने ,नदिनाला सफाराख्ने आदि थुप्रै खालका नाराहरु दिएर नेपालमा बर्षौदेखि थुर्पै बिदेसी संघ संस्थाहरुले काम गर्दै आई रहेका छन् ।

यसरी नेपाल जस्तो प्राकृतिक सम्पदाले भरिपूणर््ा भएको देशमा यस्ता प्रकारका कार्य गर्नको लागि आउने संघ संस्थाहरु कतिपयले नेपाल सरकारसंग समन्वय गरेर राम्रै काम गरिरहेको पाइन्छ । जापानी संस्था जाईका, जर्मनी संस्था जीटिजेड, हेल्बेटास लगायतका आईएनजिओहरु त्यसका उदाहरण मानिन्छन् ।

नेपाल सरकारसंगको सहकार्यमा यस्ता संस्थाहरु देशका बिभिन्न स्थानमा कृषि क्षेत्रको बिकास , गा्रमिण भेगको बिकास,कृषिका नयां प्रविधिका बारेमा किसानहरुसंग समन्वय गरेर काम गरेका छन् भने सरकारको सहकार्यमा बिभिन्न तालिमको संचालन जनचेतना फैलाउने कार्यक्रमहरु पनि गरेका हुन्छन् ।

यसको प्रतिफल भने नगण्य हुने गरेको पाइन्छ । जुन अपेक्षाको साथमा यस्ता कार्यक्रमहरु ल्याइएको हुन्छ त्यस अनुरुपको प्रतिफल प्राप्त नभएको एक अध्ययनले देखाएको छ । यसमा सरकारी पक्ष बाट कमजोरी भएको छ वा सम्बन्धित संघ संस्थाहरुबाट भन्ने बिषयमा दुबै तर्फका आ आफ्नै भनाई रहेका छन् । तर जे होस भने जति प्रतिफल पाउन नसके पनि कृषि क्षेत्रमा केहि गर्न खोजेका छन् उनीहरुलाई काम गर्न दिनु पर्छ र सबै पक्षले सहयोग पुर्याउनु पर्छ ।

यी लगायत नेपालमा थुप्रै बिदेशी संघ संस्थाहरु कृषि सम्बन्धि कार्य गरिरहेको पाईएको छ । कृषि उत्पादन बढाउने,उन्नत जातका बिउ बिजन ल्याउने, उन्नत गाई वा भैसि ल्याउने ,किटनासक औषधि, तालिम आदिका नाममा देशका बिभिन्न स्थानमा यस्ता कार्यहरु सरकारको अनुमति बिना भैरहेका छन् । पहिरो नियन्त्रणका लागि, बनजंगल जोगाउनका लागि अथवा अन्य कुनै प्राकृतिक बिपत्ति रोक्नका लागि भन्दै यस्त संघ संस्थाहरु आ आफ्नै तरिकाले काम गर्दा सरकारको पनि ध्यान जानु जरुरी हुन्छ ।

उनीहरुले गरेका कार्यहरु के कस्ता छन् । सांच्चिकै काम गरिरहेका छन् वा कृषि क्षेत्रमा काम गर्ने बाहनामा अन्य कुनै गलत काम गरिरहेका छन् । त्यसले नेपालीहरुलाई कस्तो असर गरिरहेको छ , त्यसका बारेमा अध्ययन गर्ने वा अनुगमन गर्ने निकाय छैन । सरकारी तवरबाट पनि त्यसको कुनै चासो भएको पाईदैन । नेपालमा कतिपय संघ संस्थाहरु परिक्षणका लागि पनि आउने गरेको पाईएको छ । यसरी अध्ययन गर्ने नाममा परिक्षणको केन्द्र नेपाललाई बनाइदिदा त्यसले भबिस्यमा कस्तो असर पार्छ त्यसको कुनै सरोकार राखेको पाईदैन ।

६५ प्रतिशत भन्दा धेरै मानिसहरु कृषिमा आबद्ध भएको हाम्रो जस्तो मुलुकमा कृषि क्षेत्रमा निकै ठुलो सम्भाब्यता रहेको सबैलाई थाहा नै छ । कृषि क्षेत्रमा आबद्ध किसानहरुको बसोबास गा्रमिण भेगमा नै हुने गर्दछ । ग्रमिण भेगमा शिक्ष ,स्वास्थ , रोजगार, सामाजिक क्षेत्रमा निकै पछाडि रहेको हुन्छ । आर्थिक अवस्था निकै कमजोर हुने हुँदा बिभिन्न प्रलोभन देखाई किसानहरु संग आ आफ्नो उद्धेस्य पुरा गराउन निकै सजिलो पनि हुने गर्दछ ।

यसकारणले गर्दा बिदेशि संघ संस्थाहरु गाउंमा बढि आकर्षित भएका हुन्छन् । एक तर्फ बच्चा बच्ची पढाइदिने , जागिर लागाईदिने बिदेश लगिदिने जस्ता प्रलोभन देखाएर धर्म परिवर्तन गराई इसाइकरणमा लागि गाउँ गाउंमा चर्च खोलेका उदाहरण यत्र तत्र देख्न र सुन्न सकिन्छ । अझ देशलाई धर्मनिरपेक्ष बनाएपछि यस्तो अभियान बढ्दोक्रममा छ ।

यस्ता गलत कार्यहरु रोक्न कहिं कसैको ध्यान गएको देखिदैन । अको तर्फ कृषि क्षेत्रमा काम गर्ने नाममा उनीहरु के गरीरहेका छन् ? कहां काम गरिरहेका छन् ? भन्ने कुनै लेखाजोखा नहुंदा यसले कृषि क्षेत्रलाई मात्र नभई समग्र देशको उत्पादन क्षेत्रमा असर गर्न सक्छ । तथा मनोमानि रुपमा काम गर्दा बिभिन्न राजनीतिक संगठनमा समेत सहभागि भएका घटनाहरु पनि आइरहेका छन् । यसले देशको सार्वभौमिकतामा समेत असर पर्न जान्छ ।
अमेरीकन संस्था युएसएआइडि, इसिमोड, अक्फाम, कारितास, लभ ग्रिन जापान, डेनिस फरेस्ट एक्सटेन्सन लगायतका थुप्रै बिदेशी संघ संस्था अहिले नेपालमा कृषि क्षेत्रमा आ आफ्नै तरीकाले काम गरिरहेका छन् । सरकारले यी लगायत अन्य संघ संस्थाहरुलाई सरकारको निति नियम र निर्देशनमा संचालनमा ल्याउनु जरुरी देखिन्छ । यसरी उनीहरुले गर्ने गरेका कामहरुलाइ पनि अनुगमन गर्ने गलत कार्य गर्न नदिने जस्ता काम तुरुन्त गर्न सम्बन्धित निकायको समयमै ध्यान पुर्याई सरकारको निर्देशनमा सरकारसंग समन्वय गरि काम गराउनकालागि कदम चाल्न जरुरी देखिन्छ ।

प्रकाशित मिति: बुधबार, पुस २९, २०७७