बुधबार, बैशाख १२, २०८१

फिड सप्लिमेण्टको नाममा गैरकानूनी रुपमा पशु औषधी भित्र्याउँदै

काठमाडौं । पशु सेवा विभाग तथा औषधी व्यवस्था विभाग र पशु औषधी गुण नियन्त्रण केन्द्र समेतको मिलेमतोमा नेपालमा पशुपन्छीका अवैधानिक औषधीहरु धमाधम भित्रन थालेका छन् ।

पशुपन्छीका लागि आवश्यक पशु औषधीहरु आयात गर्दा औषधीका रुपमा नभई फिड सप्लिमेण्टका रुपमा आयात गरिँदा राज्यलाई करोडौं घाटा परिरहेको छ भने मानव स्वास्थ्यमा समेत खेलबाड भएको देखिन्छ । पशुपन्छी औषधी व्यवसायी संघका पदाधिकारीहरु नै पदको दुरुपयोग गर्दै फिड सप्लिमेण्टका नाममा नेपालमा दर्ता नभएको पशु औषधीहरु धमाधम आयात भईरहेका छन् । पशु सेवा विभागको महानिर्देशकहरुले आर्थिक प्रलोभनमा परेर यस्ता औषधी आयात स्वीकृत दिँदै आईरहेका छन् ।

पशुपन्छीको औषधी आयातकर्ताहरुलाई नियमन नगरिँदा र औषधी व्यवस्था विभाग कर्मचारी आर्थिक प्रलोभनमा पर्ने गरेका आम उपभोक्ता र किसानहरु औषधी आयातकर्ताका कारण मारमा पर्ने गरेका सम्वन्धि निकायले नसोच्ने हो भने स्थिति भयावह हुने संकेत देखिएको छ ।

प्रकाशित मिति: मङ्लबार, पुस २८, २०७७