बिहिबार, चैत्र १५, २०८०

भारतमा प्रतिवन्धित विषादी नेपालमा छ्यापछ्याप्ती

काठमाडौं । भारत सरकारले तरकारी तथा अन्य कृषि बालीहरुमा प्रयोग गर्दै आईरहेका केही विषादीहरुमा प्रतिवन्ध लगाएको छ । भारत सरकारले प्रतिवन्ध लगाएको विषादी भने नेपालमा निर्वाध रुपमा नै आयात गरी विक्री वितरण मात्र नभई प्रयोग समेत भईरहेको देखिन्छ ।

अत्यधिक कडा विषादी खाद्यवालीहरुमा प्रयोग बढ्न थालपछि त्यस्ता कडा खालका विषादी विक्री वितरणमा केही साता अगाडि भारतले सरकारले पूर्ण रुपमा रोक लगाएको थियो । भारत सरकारले रोक लगाएका स्टक विषादी धमाधम नेपाल भित्रन थालेको छ । भारतले प्रतिवन्ध गरिसकेको विषादी नेपाल सरकार पनि आयातमा रोक लगाउनु पर्ने थियो । तर विषादी आयातकर्ताले कृषि विकास मन्त्रालयका उच्च अधिकारीहरुको सेटिङ्गमा त्यस्ता विषादी आयात भईरहेको देखिन्छ ।

भारतमा प्रतिवन्ध लगाएका विषादीहरु विभिन्न व्यवसायीहरुको सेटिङ्गमा नेपाल आयात भईरहेको देखिन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग मातहतमा रहेको विषादी रजिष्टार कार्यालयल त्यता ध्यान दिन सकेको देखिँदैन भने अर्कोतिर व्यापारीहरुले भन्सार कार्यालयमा समेत सेटिङ्ग मिलाएर त्यस्ता विषादी भित्रयाउने गरेको पाईन्छ ।

अहिले बजारमा भारतले सरकारले प्रतिवन्ध लगाएको तरकारी बालीमा प्रयोग हुने विषादी छ्यापछ्याप्ती विक्री वितरण भएको छ । कृषि मन्त्रालयले बेलैमा नसोच्ने र क्वारेण्टाइनलाई कडाई गर्न नलगाउने हो भने नेपालमा विषादीका कारण लाखौ उपभोक्ताहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने देखिन्छ ।

प्रकाशित मिति: सोमवार, पुस १३, २०७७