बिहिबार, चैत्र १५, २०८०

सातै प्रदेशमा रासायनिक मल भण्डारण केन्द्र खोलिने कृषि मन्त्री अर्यालको दावी

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले किसानले वर्षौदेखी भोग्दै आएको रसायनिक मलको समस्या समाधान गर्नका निम्ती आफू प्रतिवद्ध रहेको बताएकी छिन् ।

कृषि तथा पशुपंक्षी मन्त्रीका रुपमा आज पदभार ग्रहण पछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री अर्यालले सो कुरा बताएकी हुन् ।
मन्त्री अर्यालले मलको समस्या समाधान गर्न सातवटै प्रदेशमा २५÷२५ हजार मेट्रिक टन क्षमताको मल भण्डारणको व्यवस्था आफ्नो कार्यकालमा स्थापना गरिने बताइन् ।

कृषिमन्त्री अर्यालले वास्तविक कृषकको सूचिकरण गरी कृषक परिचयपत्र वितरण गर्दै कृषि मन्त्रालयबाट उपलब्ध हुने मल, बिउ, औजार, प्रविधि, अनुदान, कृषि बिमा र कृषि ऋण कृषक परिचयपत्रका आधारमा एकद्वार प्रणालीमार्फत लैजाने कार्यको यही फागुनबाट शुरुआत गरिने समेत बताएकी छिन् । यसबाट वास्तिविक किसानले राहत महसुस गर्ने मन्त्री अर्यालको धारणा थियो ।

प्रकाशित मिति: आइतवार, पुस १२, २०७७