बिहिबार, बैशाख १३, २०८१

नेपालबाट १३ अर्वको भटमासको तेल निर्यात

काठमाडौं । नेपालमा कृषि बस्तु आयात मात्र हुन्छ भन्ने चर्चा चलिरहेका बेला निकै ठूलो परिमाणमा निर्यात हुने कृषि बस्तु पनि छन् भन्ने कुरा भटमासको तेल निर्यातले देखाएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो वर्ष १३ अर्व ५० करोड ६३ लाख रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको देखाएको छ । यो वर्ष भटमासको तेलको माग बढेकाले निर्यात गर्न सफल भएको व्यवसायीहरुको धारणा छ ।

गत वर्ष सोही अवधिमा ३ अर्व ११ करोड ६३ लाख रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको तथ्यांक विभागले जनाएको छ । नेपालबाट भटमासको तेल निर्यात भएपनि भटमासको उत्पादन भने नेपालका भएको होइन । व्यवसायीहरुले अन्य मुलुकबाट भटमास आयात गरी नेपालमा तेल उत्पादन गरेर निर्यात गर्दै आएका हुन् ।

प्रकाशित मिति: आइतवार, पुस १२, २०७७