मङ्लबार, बैशाख ११, २०८१

संसद विघटनपछिको परिवर्तित मन्त्रीमण्डलको कृषि मन्त्रीमा पद्मा अर्याल

काठमाडौं । करीव दुई तिहाईको नेतृत्वमा बनेको केपी शर्मा ओलीको सरकारमा रहेका मन्त्रीमण्डल परिवर्तन भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै प्रधानमन्त्रीप्रीत असहति जनाउँदै मन्त्रीहरुले राजीनामा दिएका दिए । सोही क्रममा माधवकुमार नेपाल पक्षधर मानिएका कृषि मन्त्री घनश्याम भुसालले कृषि मन्त्रीपदबाट राजीनामा दिएका थिए ।

सरकारका विपक्षमा उभिएर राजीनामा दिएका मन्त्रीहरुको रिक्तता परिपूर्ति गर्नेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार मन्त्रीमण्डलमा हेरफेर गरेका हुन् ।

सो क्रममा कृषि मन्त्रीको पदबाट राजीनामा दिएका घनश्याम भुसालको ठाउँमा भूमि व्यवस्था तथा सहकारी मन्त्रीको जिम्मेवारी सम्हालिरहेकी पद्मा अर्यालको जिम्मेवारी फेरवदल गरी कृषि मन्त्रीका रुपमा ओलीले नियुक्ति गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७