बुधबार, बैशाख १२, २०८१

उखु किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्न सक्छ गृहले ?

काठमाडौं । उखु किसानहरुको भुक्तानी नपाएको भन्दै किसानहरुले काठमाडौं केन्द्रित आन्दोलन शुरु गरे माईतीघर मण्डलामा । गत वर्षपनि यसैगरी चिसो मौसममा उनीहरुले आन्दोलन गर्नु परेको थियो । त्यस बेला सरकारसँगै बसेर उखुको भुक्तानी दिने निर्णयमा हस्ताक्षर गरेर आन्दोलन तुहाईयो । चिनी उद्योगीले केही रकम भुक्तानी दिए जस्तो गरे ।

तर व्यथा फेरि बल्झियो । सरकारले चिनीको समर्थन मूल्य तोकिरहँदा किसानहरु भने माईतीघर मण्डलामा आन्दोलन को तयारीमा जुटेका थिए । किसानहरुले काठमाडौं केन्द्रित आन्दोलन शुरु गरे पश्चात मंगलबार गृह मन्त्रालयमा गृह मन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषि तथा पशुपन्छी विकास मन्त्री, उद्योग मन्त्री , कृषि सचिव र उद्योग सचिव समेत को उपस्थितिमा बैठक बस्यो । वैठकले उखुको भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गर्ने निर्णय पनि गरेको छ । तर के गृहमन्त्रीले चिनी उद्योगीलाई पक्राउ गर्न सक्लान् ?

चिनी उद्योगी संघका अध्यक्ष रहेका शशीकान्त अग्रवाल जस्तो उद्योगीहरुले सरकारले विभिन्न निकायलाई आर्थिक प्रलोभनमा पारिरहेका छन् । त्यस्ता उद्योगीहरुलाई सरकारको कुन अंगले पक्राउ गरेर किसानहरुको उखुको भुक्तानी गराउने प्रयास गर्न सक्ला ?

सरकारले लकडाउन गरेका बेला मुलुकभरका होटल वन्द रहे तर शशीकान्त अग्रवालको मेरियट होटल मात्र सञ्चालन भयो कसरी ? हो त्यही कुराले पनि पुष्टि गर्छ चिनी उद्योगीलाई न त गृह मन्त्रालयले पक्राउ गर्न सक्छ , न त सरकारले किसानहरुको उखुको भुक्तानी गराउने प्रयास गर्न सक्छ । यो केवल किसानलाई झुक्याउने खेल मात्र हो भन्दा फरक नपर्ला ?

प्रकाशित मिति: मङ्लबार, मंसिर ३०, २०७७