शनिबार, बैशाख ८, २०८१

मल शाखाका हाकिम नै मन्त्रीको पिए हुँदा मल अभाव !

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा रहेको मल शाखाका प्रमुख नै मन्त्रीको पिए हुँदा पनि मलको अभाव देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्यामले आफ्नो पिएमा मन्त्रालयका उपसचिव डा. गंगादत्त आचार्यलाई राखेसँग मन्त्रालयमा आचार्यले गर्दै आईरहेको काम गर्ने व्यक्ति रिक्त देखिएको छ । मल शाखाको प्रमुखका रुपमा रहेका आचार्य मन्त्रीका पिए भएदेखि मल शाखामा छिरेका पनि छैनन् । जसले गर्दा मल अभाव न्यूनिकरण हुनु त कता हो कता झन बढ्दै गईरहेको छ ।

मुलुकभर रासायनिक मलको अभाव हुँदा मल शाखाका प्रमुख र मन्त्रीको पिए भएका आचार्यले मलको समस्या समाधान गर्नका लागि कुनै पनि पहल गरेनन् । बरु कर्मचारी सरुवादेखि काज मिलाउने काममा मात्र मस्त भएको मन्त्रालयका कर्मचारीको आरोप छ ।

हुन पनि उनले कृषि सेवामा जागिर खाएदेखि नै राम्रा ठाउँमा बस्ने, अध्ययन विदामा बस्ने , परियोजना चाहार्ने काम मात्र गरेको आरोप उनलाई छ । जिल्लामा सरुवा हुँदा जान नमानेर उनी परियोजनाका काजमा बसेका थिए । काठमाडौं छाड्न नमान्ने आचार्य अरु कर्मचारीलाई भने काठमाडौ र संघमा बसेर नहुने भन्दै सरुवाको जर्वजस्ती गराउने गरेको कतिपय कर्मचारीले दुखेको गरेका छन् ।

कृषि मन्त्री घनश्याम भुसालका गाउँले भएके कारण आफूलाई सर्वशक्तिमान व्यक्तिका रुपमा उनले प्रस्तुत गर्दै आईरहका छन् । तर उनले मन्त्रीलाई सफल बनाउने काम भन्दा मन्त्रीलाई विवादमा पु¥याउने काम नै बढी गरिरहेको पाईन्छ । मलको अभाव हुँदा रासायनिक मल सहजीकरण गर्नका लागि उनले खेल्नु पर्ने भूमिका खेल्न सकिरहेका छैनन । अहिले त झन् सचिव विहिन अवस्थामा आफू नै सर्वेसर्वा बन्दै मन्त्री भुसाललाई नै तीन फन्को घुमाउने काम गरिरहेका छन् ।

प्रांगारिक कृषिको दुहाई दिने मन्त्रीका पिए गंगादत्तले अहिलेसम्म कुनै पनि काम सहज रुपका नगरेको आरोप लागेको छ । प्रांगारिक कृषिमा नै विद्यावारिधी गरेका भन्ने आचार्यले प्रागारिक कृषि क्षेत्रको उत्पादन गर्न किसानलाई प्रोत्साहन गर्न मन्त्रालयमा बसेर के गरे त भन्ने प्रश्न उठ्न थालेको छ ।

प्रकाशित मिति: सोमवार, मंसिर २९, २०७७