बिहिबार, चैत्र १५, २०८०

कृषि सेवाका दुई जेष्ठ सहसचिव सचिव हुनबाट बञ्चित

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत दुई जेष्ठ सहसचिव सचिव पदमा बढुवा हुनबाट बञ्चित भएका छन् । कृषि सेवा तर्फका डा गोविन्द शर्मा र पशु सेवा तर्फका डा विमलकुमार निर्मल नेपाल सरकारको सचिव बन्नबाट बञ्चित हुने जेष्ठ सहसचिव भएका छन् ।

नेपाल सरकारले विषयगत (क्लष्टर) का आधारमा सचिव पदमा बढुवा गर्ने निर्णय गरेको करीव पाँच वर्षको वीचमा धेरै प्राविधिक सहसचिवहरु सचिवहुनबाट बञ्चित बनेका छन् । प्रशासन सेवा तर्फका उपसचिवहरु सचिव बनिसक्दा पनि प्राविधिक सहसचिवहरु भने सोही पदमा लामो समयसम्म काम गर्नुपर्दा निकै नै पीडा बोध गरिरहेका भेटिन्छन् । त्यही अवस्थामा देखिए डा विमल र गोविन्द पनि ।

हुन त क्लष्टरका कारणका सचिव हुनबाट बञ्चित देखिएका डा विमलकुमार निर्मल र गोविन्द शर्माको कार्यसम्पादन मूल्याकनमा यस अघिका सचिवहरु नम्वर काटिदिएपछि जेष्ठ सहसचिव भएपनि सचिव बन्नबाट बञ्चित भएका हुन् ।

सहसचिवहरुको कार्यसम्पादन मूल्यांकन नम्वरमा कृषि सेवा कै सचिवले दिने भएकाले पनि विमल र गोविन्द शर्माको कार्यसम्पादन मूल्यांकन तात्कालिन सचिव(गोप्यताका कारण नाम उल्लेख नगरिएको) आफ्नो व्यक्तिगत स्वार्थ पूरा नगरिदिएका भरमा नम्वर काटिदिएका कारण हाल रिक्त रहेको पशु सेवा तर्फको सचिव पदमा जेष्ठ सहसचिव भएपनि सिफारिस पर्नबाट रोकिएका हुन् ।

सहसचिवका रुपमा रहेका डा गोविन्दप्रसाद शर्मा र डा विमलकुमार निर्मल जस्तै अन्य प्राविधिक कर्मचारीहरु अवस्था यस्तै हुने हो भने मुलुको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने प्राविधिक कर्मचारीहरुले कुन उत्साहले काम गर्न सक्लान् ?

प्रकाशित मिति: सोमवार, मंसिर १५, २०७७