शुक्रबार, चैत्र १६, २०८०

किसानहरुका समस्या समाधान गर्न निकै समय लाग्ने कृषि मन्त्री भुसालको भनाई

चितवन । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले किसानहरुका गुनासा हट्न समय लाग्ने बताएका छन् । किसानका वास्तविक समस्या सम्वोधन गर्न नसकिरहेका भुसाल रासायनिक मल सहज रुपमा आपूर्ति गर्न असक्षम देखिएपछि उनी प्रति किसानहरुले आश मारेका छन् ।

किसानहरुले आफ्नो समस्या समाधान मन्त्रीले गर्न सक्दैनन् भनिरहेका बेला मन्त्री स्वयंले चितवन पुगेर किसानका गुनासा र समस्या समाधान हुन निकै समय लाग्ने बताए ।

हुन त कृषि मन्त्री भुसालले कृषि क्षेत्रको विकासका लागि आधुनिकीकरणको शुरुवात भईसकेको बताए । तर आधुनिकीकरणले कहाँ कति प्रगति भयो भन्न सकेनन् । मन्त्री भएको एक वर्षसम्म कृषिमा कुनै परिवर्तन गर्न नसकेका मन्त्री भुसालले कृषि क्षेत्रको भविष्य राम्रो रहेको भन्न भने भ्याए ।

कृषिमा भित्रको भ्रष्टाचार रोक्न केही गर्न नसकेका भुसालले सरकार भ्रष्टाचार रोक्न लागिरहेको बताए । कृषि मन्त्रीको भ्रष्टाचार रोक्ने भाषणले खासै प्रभाव भने छाड्न सकेन ।

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७