बिहिबार, चैत्र १५, २०८०

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिवमा डा.योगेन्द्र कुमार कार्की

काठमाडौं । सरकारले रिक्त रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सचिव नियुक्ति गरेको छ । मन्त्रालयमा निमित्त सचिवका रुपमा कार्यरत सहसचिव योगेन्द्र कुमार कार्कीलाई बुधबार बसेको मन्त्रीपरिषद्को वैठकले बढुवा गरेको हो ।

करीव १३ वर्षसम्म सहसचिवका रुपमा कार्यरत कार्की यस अघि बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सचिवका रुपमा कार्यरत थिए । केही महिना अगाडि मात्र उनलाई मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयमा सरुवा गरेको थियो ।

मन्त्रालयमा सहसचिवमा आए लगतै उनलाई कालीमाटी फलफूल तथा तरकारी विकास समितिको अध्यक्षको जिम्मेवारी समेत दिएको थियो ।
व्यवसायीक कृषि तथा व्यापार आयोजनामा लामो समय आयोजना निर्देशकका रुपमा काम गरेका थिए । उनले नै विश्व वैकबाट सञ्चालित सो आयोजनालाई २५ जिल्लाबाट ७५ वटै जिल्लामा विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति: बिहिबार, मंसिर ११, २०७७