बिहिबार, चैत्र १५, २०८०

जिटुजी प्रक्रियाबाट मल खरिद गर्न बंगलादेश पुगेर सम्झौता

काठमाडौं । लामो सयमदेखि रासायनिक मलको अभाव खेपेका नेपाली किसानहरुले अव मल पाउने संकेत देखिएको छ । जेठ असारदेखि मलको अभावमा पिरोलिएका किसानले धान तथा गहुँको सिजनमा समेत रासायनिक मल पाउन सकेनन् ।

मल अभावका बाबजुत पनि जसो तसो आफ्नो खेतबारीमा खेती गरिरहेका किसानहरुलाई मल सहज गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कहिले पैचोमा ल्याएर सहज बनाउने कुरा गर्दै आयो भने कहिले मल बाटोमा आईरहेको भन्दै ढाँट्यो ।

त्यही आश्वासनमा बसिरहेका किसानहरुलाई मल सहजीकरणका लागि भने सरकारले जिटुजी मार्फत बंगलादेशबाट रासायनिक मल खरिद गर्ने गरी दुई देश वीच भएको सहमति बमोजिम नेपाली टोली बंगलादेश पुगेर मल खरिद गर्ने विषयमा सम्झौता गरेका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीको नेतृत्वमा गएको टोलीले बंगलादेशको मल कम्पनीसँग ५० हजार मेट्रिकटन मल आयात गर्न पुस २ गते सम्झौता गरेको हो । बंगलादेश पुगेर रासायनिक मल आयात गर्न सम्झौता नै भएका कारण अव भने केही समयका लागि मल सहज हुने आशा पलाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७