बिहिबार, बैशाख १३, २०८१

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सरुवामा आर्थिक लेनदेनको आरोप

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा अहिले कर्मचारीको सरुवा आर्थिक लेनदेन भएको भन्दै चर्को वहश हुन थालेको छ । कोभिड–१९ को महामारीमा गरिएको सरुवामा आर्थिक लेनदेन भएको भन्दै कर्मचारीहरु रुष्ट देखिएका छन् ।

स्वच्छ छविका मन्त्रीका रुपमा चिनिएका घनश्याम भुसालको मन्त्रालयमा सरुवामा आर्थिक चलखेल हुन थालेपछि कतिपय कर्मचारीहरु संगठनको गुहार्न पुगेका छन् ।

मन्त्री भुषालको सचिवालयमा रहेका व्यक्तिहरुले मनलाग्दो किसिमले सरुवा गरेको भन्दै मन्त्रीकै पार्टी निकट कर्मचारी रुष्ट भएका हुन् । लामो समयदेखि दुर्गममा काम गरेकालाई अझै पनि दुर्गममा नै राख्ने गरी सरुवाको योजना बनाइए पछि विवाद उत्पन्न भएको हो ।

कर्मचारी श्रोतका अनुसार मन्त्रीको नाम भजाउँदै आर्थिक संकलन गर्न थालिएको छ । सरुवामा विगतमा जस्तै व्यक्ति र सरुवा हुने स्थान हेरेर रकम असुल्ने कार्य भईरहेको असन्तुष्ट कर्मचारीहरुले बताएका छन् । दुई दुई वर्षमा कर्मचारीको सरुवा हुने नियम भएपनि हरेक वर्षको सरुवामा व्यक्तिवादी प्रबृत्ति र आर्थिक प्रलोभनका कारण गरिने भएकाले हरेक कर्मचारीलाई सुगम जिल्ला होस् वा दुर्गम जिल्ला नियमानुसार नै सरुवा गर्नु पर्ने एक थरी कर्मचारीको माग छ ।

तर अहिले सचिवको भन्दा पनि मन्त्रीको सचिवालयको नै बोलवाला बढी भएका कारण सरुवामा अन्याय हुन थालेको कर्मचारीहरु बताउँछन् । त्यत्रिमात्र होइन कृषि तथा पशुन्छी विकासमा रहेका कर्मचारीहरुमा पनि छानी छानी सरुवा गर्न थालिएको गुनासो मन्त्रालयमा गुञ्जिन थालेको छ । मन्त्रीको नाममा रकम असुल्नेलाई तह लगाउने गरी गोप्य सूचना लिईरहेको कर्मचारी संगठनका एक प्रतिनिधिले कृषिलाई बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७