शुक्रबार, चैत्र १६, २०८०

कृषिमा १० प्रतिशत नै ऋण नदिने बैकलाई १५ प्रतिशतको जिम्मा

काठमाडौं । आर्थिक वर्षका लागि नेपाल राष्ट्र वैकले मौद्रिक नीति सार्वजनिक गरेको । मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको देखिन्छ तर कागजी रुपमा राखिएको सो प्राथमिकताले कृषि क्षेत्रको विकास हुने देखिँदैन ।

विगतका वर्षहरुमा हेर्ने हो भने वाणिज्य बैकहरुले कुल लगानीको १० प्रतिशत लगानी कृषिमा गर्नु पर्ने राष्ट्र बैकको नीतिलाई लत्याइदिएका थिए । एक दुई वटा बाणिज्य वैक बाहेक कसैले पनि १० प्रतिशत कर्जा कृषिमा प्रवाह गरेको देखिँदैन ।

तर यो वर्षको मौद्रिक नीतिमा १५ प्रतिशत कर्जा प्रवाह गर्ने नीतिलाई बैकहरुले सहज त पक्कै लिएको देखिँदैन र यो नीति कार्यान्वयन भने हुने देखिँदैन । तर बाणिज्य बैकहरुले यसको अगुवाई गर्नका लागि कृषि विकास बैकलाई जिम्मेवारी दिएको छ ।

उनीहरुले २०८० सम्म १५ प्रतिशत कर्जा कृषिमा लगाउनु पर्नेछ चालु आर्थिक वर्षको मौद्रिक नीतिले व्यवस्था गरेको छ । बजेटले कृषि औद्योगिकरण र सो बाट रोजगारी सिर्जनाका लागि व्यावसायिक कृषि खेतीलाई प्राथमिकता दिइने बताएको थियो । बजेटको सोही व्यवस्थालाई कार्यान्वयन गर्न नेपाल राष्ट्र बैङ्कले कृषिमा गरिने लगानीको सीमा बढाएको हो ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७