बिहिबार, चैत्र १५, २०८०

कृषि अनुसन्धान परिषद् खुमलटारमा गाँजा संरक्षण (भिडियो सहित)

काठमाडौं । कोभिड–१९ को त्रासपछि नेपाल सरकार कृषिमा आत्मनिर्भर बन्ने योजना बनाईरहेको छ । बजेट वक्तव्य मार्फत कृषिका लागि ४१ अर्व बजेट आगामी आर्थिक वर्षका लागि छुट्याएको छ सरकारले । तर विशेष गरी व्यवसायिक तरकारी खेतीका लागि आवश्यक बीउ उत्पादन गर्ने सोचले १६७ रोपनीमा स्थापना गरिएको फार्म केन्द्रलाई १६ रोपनीमा खुम्च्याइएको देखिन्छ ।

एकातिर सरकार कृषिमा आत्मनिर्भर भन्दै गफ हाँकिरहेको छ भने अर्कोतिर यस्ता फार्म केन्द्रहरु आफ्नो अस्तित्व जोगाउन सकिरहेका छैनन् । कुनै समय काठमाडौंमा मात्र होइन पाँचखाल चितलाङ्ग धादिङ्ग लगायतका तरकारी पकेट क्षेत्रहरुमा समेत गुणतरीय तथा बिभिन्न उन्नत जातका हाईब्रिड बिउबिजन एवं बेर्नाहरु उत्पादन गरि वितरण गर्ने गरेको थियो ।

तर परिस्थिति फेरिएको छ । फार्मलाई विभिन्न स्वार्थ पूर्ति गर्नका लागि गरिएका गलत निर्णयले १६७ रोपनीबाट १६ रोपनीमा खुम्चिएको छ ।
फार्मको यो जग्गा विभिन्न संस्थाहरुको भवन बनाउने नाममा जथाभावी रुपमा वितरण गरिदाँ क्षेत्रफल घटेको मात्र होइन पर्याप्त मात्रामा बीउ उत्पादन गर्न नसकेको बताउँछन् फार्मका प्रमुख दिनेश सापकोटा ।

फार्म प्रमुखको कुरा सुन्ने हो र यसैगरी फार्मको जग्गा वितरण गर्दै जाने हो भने फार्मको अस्तित्व सकिने पक्का छ । एकातिर फार्मले जग्गा अभावका कारण बीउ उत्पादन गर्न सकिरहेको छैन भने अर्कोतिर सँगै रहेको नेपाल कृषि अनुसन्धान परिषद्को जग्गामा भने गाँजा खेती भईरहेको देख्न सकिन्छ ।

खुमलटार स्थिति नार्कले प्रयोगशाला बनाउँदै गरेको सो स्थानमा कुनै बेला गोलभेडा तथा तरकारीको बेर्ना उत्पादन हुन्थ्यो तर विडम्वना कृषि अनुसन्धान परिषद् तरकारीको अनुसन्धान होइन गाँजा खेती हेरेर रमाईरहेको भान हुन्छ । (हेर्नुस भिडियो सहित)

प्रकाशित मिति: आइतवार, जेष्ठ ३२, २०७७