शुक्रबार, चैत्र १६, २०८०

किसानको तरकारी खेतमा कुहिँदा मौन बस्ने मन्त्रीले संसदमा ढोङ पिटे

काठमाडौं । कृषि मन्त्रीका रुपमा कुर्सीमा बसेको करीव ६ महिना अध्ययनमा नै समय व्यतित गरेका कृषि तथा पशुपन्छी विकास मन्त्रालयले त्यसपछि आफ्नो कार्ययोजनाका रुपमा पञ्च नीति सार्वजनिक गरेका थिए ।

एमाले भित्रका कार्लमाक्र्सका रुपमा चिनिएका भुसालले मन्त्री हुनु भन्दा अगाडिसम्म जे बोलेका थिए मन्त्री भएपछि त्यही कुरा भने गर्न सकेका छैनन् । तर मन्त्री भुसालले फेरी नयाँ भाषण भने दिएका छन् ।

विनियोजन विधेयक, २०७७ अन्तर्गत आफ्नो मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले दलाल पूँजीवाद र बिचौलिया अर्थतन्त्रलाई अन्त्य गर्न ढोङ पिटिहाले । उनले कृषकको बचत सुनिश्चित, अनुदानको समुचित वितरण, जनशक्तिको उपलब्धता, प्रभावकारी बीमा व्यवस्था र उत्पादनको न्यूनतम समर्थन मूल्य तोक्ने विषयलाई प्राथमिकता दिइएको पनि गफ दिन भ्याए संसदमा ।
लकडाउनका समयमा भारतका अवौंको तरकारी आयात भयो । नेपाली किसानहरुले उत्पादन गरेको तरकारी बारीमा नै कुहिएर जाँदा पनि एक शब्द बोल्न नसकेका मन्त्री भुसालले किसानको उत्पादनको न्यूनतम मूल्य तोकी कम्तीमा २० प्रतिशत बचतको सुनिश्चितता हुने तथा बिक्री नभएको उत्पादन सरकारले खरीद गर्ने व्यवस्था मिलाइएको राम्रै गफ दिए ।

कृषिमा दिइएको अनुदान लक्षित वर्गमा नपुगेको जनाउँदै उनले अनुदान माटामै जानुपर्छ भनेर अनुदान कार्यक्रम परिमार्जन गरिएको बताए ।

प्रकाशित मिति: सोमवार, जेष्ठ २६, २०७७