बुधबार, बैशाख १२, २०८१

चक्लावन्दी र सामूहिक खेतीलाई आगामी आर्थिक वर्षमा प्रोत्साहन

काठमाडौं, जेठ । खण्डीकरण हुँदै गईरहेको खेती योग्य भूमिहरु बाँझो रहिरहेको अवस्था एवं जनशक्ति समेत अभावका कारण कृषि उत्पादनमा कमी आउने संकेत देखिएपछि चक्लावन्दी र सामूहिक खेतीलाई प्रोत्साहन गर्ने बजेटले सम्वोधन गरेको छ ।

अघिल्लो बजेटको बजेटमा पनि सामूहिक खेतीलाई प्रोत्साहन गर्ने उल्लेख गरिएको थियो । नयाँ भूउपयोग नीति ल्याउन नसक्दा दिनप्रतिदिन खेतीयोग्य जमीनहरु घडेरीका रुपमा परिणत भईरहेको अवस्थामा आएको चक्लावन्दी सामूहिक खेतीलाई प्रोत्साहन गर्नु सुखद् रहेको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ १५, २०७७