शुक्रबार, चैत्र १६, २०८०

धानको बीउ राख्दै हुनुहुन्छ त्यसो भए यो विधिबाट धानको बीउ छान्नुस्

काठमाडौं, जेठ । कोरोना संक्रमणका कारण मुलुक लकडाउनको अवस्थामा छ । सरकारले लकडाउन गरेपछि त्यसको प्रत्यक्ष असर कृषि क्षेत्रमा पनि परेको छ । धानको बीउ राख्ने समयमा भएको लकडाउनका कारणले कतिपय किसानहरुले धानको बीउ राख्न पाएका छैनन भने कतिले राखिसकेको पनि होला ।

यदि धानको बीउको तयारीमा हुनुहुन्छ भने यसरी छान्नुस धानको बीउ

० तीन लिटर पानीमा मसिनो धानको लागि लगभग ५०० ग्राम र मोटो धानको लागि ६०० ग्राम नुन एउटा बाल्टीनमा राम्ररी घोल्ने।

० घोलिएको नुन–पानीमा एक किलोग्राम जति धानको बीउ खन्याउने, एकैछिन चलाउने र १(३ मिनेट जति बीउलाई तैरिन र थिग्रिन दिने।

० तैरिएका र थिग्रिएका बीउलाई अलग(अलग झिकेर छुट्टै राख्ने। बाँकी बीउलाई त्यसरी नै सोही नुन–पानीको घोल प्रयोग गर्दै छुट्याउने।

० बीउको मात्रा धेरै वा थोरै भए सोही अनुरुप नुन–पानीको घोलको मात्रालाई बढाउन वा घटाउन सकिन्छ।

० थिग्रिएको बीउलाई सफा पानीले २ पटक सफा गरी व्याड राख्ने।

० छरुवा धान भए सिधै छर्ने। यसरी छानेको बीउलाई सोही दिन ब्याड नराख्ने वा नछर्ने भए बीउलाई पानीले पखाली छहारीमा राम्ररी सुकाएर राख्न सकिन्छ।

० तैरिएको बीउलाई पनि पानीले पखालेर र सुकाएर अन्य प्रयोजनमा ल्याउन सकिन्छ। नुन–पानीको घोललाई गाईभैंसीको कुँडो बनाउँदा प्रयोगमा ल्याउन सकिन्छ।

० बीउलाई साफ, साफल वा बेभिष्टिनले ३।० ग्राम प्रति के।जी। को दरले मिसाएर बन्द भाँडोमा वा बाल्टिनमा सबै दानामा लाग्ने गरी उपचार गर्ने। उपचार गरेको ३(४ दिनभित्र ब्याडमा बीउ राख्ने।

प्रकाशित मिति: सोमवार, जेष्ठ १२, २०७७