शुक्रबार, चैत्र १६, २०८०

कृषि मन्त्री घनश्याम भूसालको पञ्च नीति : कोरोना संक्रमणमा सचिव सरुवा

काठमाडौ, बैशाख । कृषि तथा पशुपन्छी विकास मन्त्रीका रुपमा कार्यभार सम्हालेको छ महिना मन्त्रालयको अध्ययन गर्दै विताएका कृषि मन्त्री घनश्याम भुसालको पाँच नीतिको कार्यान्वय राजनीति आस्था नमिल्ने प्रदेश सचिवहरुको सरुवाबाट भएको छ ।

भाषण गर्न निकै माहिर मानिएका र जनतालाई मन्त्री हुनु अघिसम्म क्यावात घनश्याम बन्न सफल भएका भुसाल आफ्नै पार्टीका सल्लाहकारहरुका कारण विवादमा आउन थालिसकेको छन् ।

मन्त्री भुसालले मन्त्री भएर आएको केही समय नवित्दै राजनीतिक आस्था नमिल्ने संघीय मन्त्रालयमा भएका सहसचिवहरुलाई प्रदेश मन्त्रालयको सचिवमा घोक्रेठ्याक लगाए । त्यत्तिमात्र नभई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पनि छानी छानी कर्मचारीको सरुवा गर्न सफल भए । अहिले फेरि उनले लकडाउनको बेलामा प्रदेश सचिवहरुलाई छानी छानी सरुवा गरेका छन् ।

मन्त्रीको आँखाको तगारो बनेका प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिवहरु कोरोनाको संक्रमणमा पनि सरुवामा परेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा रहेका सिनियर सहसचिव मध्येका एक डा गोविन्द प्रसाद शर्मालाई प्रदेश नं २ मा सरुवा गरेर लक्ष्य प्राप्तिका लागि अघि सरेका उनले पशुपन्छी सेवा तर्फका डा विमलकुमार निर्मललाई प्रदेश नं. १ मा सरुवा गरेका थिए ।

सरुवा भएको एक वर्षपनि वित्न नपाउँदै मन्त्री भुसालले दुवै प्रदेश सचिवहरुलाई मुलुकभर लकडाउनको अवस्था रहेका बेलामा पनि सरुवा गरिदिएका छन् ।
उनले प्रदेश नं. १ का सचिव विमलकुमार निर्मललाई २ नं. प्रदेशमा सरुवा गरिदिएका छन् भने २ नम्वर प्रदेशका सचिव गोविन्दप्रसाद शर्मालाई कर्णाली प्रदेश सुर्खेत सरुवा गरिदिएका छन् ।

त्यस्तै कृषि विभागमा महानिर्देशकका रुपमा रहेकी सिनियर सहसचिव निरु दाहाल पाण्डेलाई भने प्रदेश नं. १ मा सरुवा गरिदिएका छन् । सरुवा भएका तिनै जना सहसचिव कांग्रेस निकट मानिएको मन्त्रालय श्रोतले जनाएको छ । कांग्रेस भएकै कारण मन्त्री भुसालले दुई महिनाको वीचमा दुई पटक सरुवा गरिदिएको आरोप लागेको छ ।

प्रकाशित मिति: बुधबार, बैशाख २४, २०७७