बिहिबार, चैत्र १५, २०८०

लकडाउनमा सडकका कुकुर स्याहार्दै स्नेहाज् केयर

काठमाडौं, वैशाख । यतिखेर विश्व कोरोना संक्रमणका कारण लकडाउनमा छ । नेपाल सरकारले पनि विगत ३ हप्तादेखि मुलुकमा लकडाउन घोषणा गरेको छ । जसका कारण मानिसहरु घरबाट बाहिर निस्कन पाएका छैनन् ।

त्यत्तिमात्र होइन दैनिक उपभोग्य सामग्री पसलहरु बन्दछन् । दैनिक ज्यालादारी गरेर खानेहरु पनि मुश्किलले जीवन यापन गरिरहेका छन् भने कतिपय त काठमाडौं शहर छाडेर आफ्नै गाउँ हिँडेका पनि छन् ।

यो विषयमा परिस्थितिमा सडकमा सहार विहान चौपायाहरुको अवस्था अझै जटिल देखिएको छ । त्यसमाथि पनि सामुदायिक कुकुरहरुको अवस्था अत्यन्तै कष्टकर देखिन्छ । लकडाउनका कारण सडकमा भाकै रहेका कुकुर र उपचार नपाएर मर्न आँटेका सामुदायिक कुकुरहरुको संरक्षण गरिरहेको छ स्नेहाज् केयरले ।

लकडाउन शुरु भएको दुई दिन पछि नै सो संस्थाले सडकमा रहेका कुकुरहरुलाई उपचार गर्ने देखि प्रत्येक दिन भोजन गराउनेसम्मको काम गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, बैशाख ३, २०७७