शनिबार, बैशाख ८, २०८१

कृषि सचिवका रुपमा राजेन्द्र भारीले गरे पदबहाली

काठमाडौं, वैशाख । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कृषि सेवा तर्फको रिक्त सचिव पदमा भर्खरै बढुवा भएका राजेन्द भारीले पदबहाली गरेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश ६ मा सचिवका रुपमा कार्यरत सहसचिव भारीलाई अघिल्लो साता मन्त्रिपरिषद्को वैठकले सचिवमा बढुवा गरेको थियो ।
भारी सहसचिव पदमा बढुवा भएदेखि करीव ९ वर्षसम्म कर्णाली क्षेत्रमा नै काम गरिरहेका थिए । संघीय संरचनामा जानु पूर्व उनी कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको उच्च कृषि बस्तु आयोजनामा आयोजना प्रमुखका रुपमा कार्यरत थिए ।
गत वर्षमात्र सो आयोजनाको म्याद समाप्त भएको थियो । आयोजनाको म्यास समाप्त भए पश्चात सरकारले भारीलाई सोही प्रदेशको मन्त्रालयमा सचिवको जिम्मेवारी दिएको थियो ।

प्रकाशित मिति: मङ्लबार, बैशाख २, २०७७